सोमबार, कात्तिक २४ गते २०८३ || Nov 9, 2026
  • यो साता चर्चामा :

बैतडीमा अवैध मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता


पश्चिम प्रेस
शनिबार, भदौ २३ २०८०
  • 843
    Shares

  • images
    images
    बैतडीमा अवैध मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता

    बैतडी । बैतडीका एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका ६ पन्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीविरुद्ध इलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको हो ।

    प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले भदौ १९ गते अनुगमनका क्रममा कार्कीले अवैध रूपमा सञ्चालन गरिरहेका फेला परेको थियो। अनुगमन टोलीले सोही दिन मेडिकल सिल गरेर उनलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

    सोही दिन अनुगमनका क्रममा कार्कीको मेडिकलसहित दोगडाकेदार ७ खोचलेक स्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र दोगडाकेदार ३ सिल्लेगडास्थित जोशी क्लिनिक सिल समेत गरेको थियो।

    मेडिकलहरूले चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि बिक्री गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएका व्यक्तिहरूले मेडिकल सञ्चालन गरेको, सम्बन्धित निकायमा दर्ता प्रक्रिया समेत पूरा नगरेको पाइएकाले मेडिकल सिल गरिएको जनाइएको छ। 


  • सम्बन्धित विषय:

  • # मुद्दा दर्ता
  • प्रतिक्रिया दिनुहोस