शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

ककालु मार्टद्वारा डेउडियाहरूलाई सम्मान, पुरस्कार तथा उपहार कुपन प्रदान 


शनिबार, भदौ २३ २०८०
  • 1.2K
    Shares

  • images
    images
    ककालु मार्टद्वारा डेउडियाहरूलाई  सम्मान, पुरस्कार तथा  उपहार कुपन प्रदान 

    महेन्द्रनगर । महेन्द्रनगर स्थित ककालु मार्टले गौरा पर्वको अवसरमा कञ्चनपुरका विभिन्न स्थानमा आयोजना भइरहेका डेउडा खेलका गिदारा (डेउडिया) हरुलाई सम्मान तथा  पुरस्कार  वितरण गरेको छ ।  

    सुदूरपश्चिमको मौलिक चाड गौरा पर्व २०८० का अवरमा ग्वाल्लेक नागार्जुन समाजले शिवधाममा आयोजना डेउडा कार्यक्रममा वरिष्ट डेउडिया रामदत्त जोशी बर्तोलाई  नगद रू. ५००० सहित सम्मान गरेको छ भने अन्य उत्कृष्ट १० जना डेउडियालाई  महाकाली साहित्य संगमद्वारा खुला मञ्चमा आयोजित डेउडा कार्यक्रममा डेउडा खेलाइरहेका डेउडिया   मनोरमा भट्ट, मोहनदेव जोशी , धौली साउद, कुन्ती बोहरा, सुरत नेगी, गम्भिर चन्द, जयराज जोशी गरि ७ जनालाई रू ५०० दरको उपहार कुपन प्रदान गरिएको छ।  त्यसैगरी खप्तड समाजद्वारा डेउडा कार्यक्रम समापन समारोहमा विश्वनाथ जैसी, गौरी रोकाया तथा जुना धामी लगायत  डेउडियाहरूलाई सम्मान स्वरूप  उपहार कुपन प्रदान गरिएको  छ। 


    यस क्षेत्रको भाषा, कला, साहित्य तथा संस्कृति संरक्षणमा सानै भए पनि प्रोत्साहनका लागि सामाजिक उत्तरदायित्व सम्झेर यस बर्षबाट ककालु मार्टले गिदाराहरूको सम्मान गर्न थालिएको कुरा मार्टका सञ्चालक जितेन्द्र बहादुर चन्दले बताउनुभयो।




    प्रतिक्रिया दिनुहोस