शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कृष्णलाई रुक्मिणीको प्रेमपत्र


सोमबार, फागुन २ २०७८
  • 1.6K
    Shares

  • images
    images
    कृष्णलाई रुक्मिणीको  प्रेमपत्र


     भाग्छन् विकार मनका गुणगान सुन्दा
    त्यो रूपको हृदयमा छविचित्र बुन्दा
    मिल्छन् सबै जगतका पुरुषार्थ लाभ
    यो चित्त चञ्चल भयो न छ आज लाज

    हे श्याम सुन्दर सखे कुलशीलवान
    विज्ञान कौशल कला सबमा महान
    को रोक्न सक्छ मन यौवनले लपेट्दा
    यस्ता महान गुणका रसराग देख्दा

    गर्दैछ स्याल अहिले नजिकै विहार
    लग्ला भनेर डर भो सिंहको सिकार
    यो प्रेमको विजय उत्षव लौ मनाऊ
    स्वीकार प्रेम मनको पति रूप पाउँ

    मेरा कुनै यदि भएपछि सत्य कर्म
    थोरै गरेछु कहिले पनि दान धर्म
    हे नाथ आज त्यसको फल यो मिलोस
    श्री कृष्ण मात्र पति हुन् अरु क्वै नहोस

    मेरो बिहे तय भयो शिशुपालसँग
    होला कसो किसिमले ल विवाह भङ्ग
    आऊ छुपेर अब लौ सब हाल बुझ्न
    जानेछु पूर्व दिनमा कुलदेवी पुज्न

    श्री पार्वती पति पनि मन चाह पाल्छन्
    पाए भने चरणको रज चुम्न थाल्छन्
    यस्ता महान प्रभुको पति रूप माग्छु
    सौभाग्य प्राप्त नभएपछि प्राण त्याग्छु  
    कृष्णलाई रुक्मिणीको प्रेमपत्र, श्रीमद्भागवत महापुराणको दशौँ स्कन्धको ५२ औँ अध्यायमा रहेको ३७–४३ श्लोक सम्मको भाव अनुवाद




    प्रतिक्रिया दिनुहोस