सोमबार, कात्तिक २४ गते २०८३ || Nov 9, 2026
  • यो साता चर्चामा :

धनगढीमा अनुमति नलिई सञ्चालनमा रहेका अस्पताल बन्द


पश्चिम प्रेस
बुधबार, भदौ २७ २०८०
  • 1.0K
    Shares

  • images
    images
    धनगढीमा अनुमति नलिई सञ्चालनमा रहेका अस्पताल बन्द

    कैलाली । कैलालीमा धनगढीमा अनुमति नलिई सञ्चालनमा रहेको दुई वटा निजी अस्पताल बन्द गरिएको छ । धनगढी उपमहानगरपालिका –३ मा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि र धनगढी उपमहानगरपालिका –५ मा रहेको सञ्जीवनी अस्पताल बन्द गरिएको हो । 

    जिल्ला प्रशासन कार्यालयको परिपत्रअनुसार अनुमति नलिएसम्मका लागि दुवै अस्पताल आजदेखि बन्द गराइएको जिल्ला प्रहरी कार्यालयका सहायक हवल्दार गणेश नाथले जानकारी दिए। 

    जिल्ला प्रशासन कार्यालयसहित सरोकारवाला निकायको संयुक्त अनुगमन टोलीले हिजो अस्पतालको अनुगमन गरेको थियो । अनुगमनको क्रममा दुवै अस्पताल अनुमति नलिई सञ्चालनमा रहेको पाइएपछि बन्द गर्नका लागि प्रशासनले परिपत्र गरेको थियो । 

    अनुमतिबिनै सञ्चालनमा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रालिमा केही दिन अघि पत्थरीको शल्यक्रिया गर्दा अत्यधिक रक्तस्राव भएर एक व्यक्तिको मृत्यु भएको थियो । 


  • सम्बन्धित विषय:

  • # अस्पताल बन्द
  • प्रतिक्रिया दिनुहोस