हाम्रो समाजमा प्रचिलित शब्द हो महिला र पुरुष एउटै रथ का दुईवटा पाङगा्र हुन । तर भनाई र गराइमा धेरै फरक छ । महिला र पुरुष एउटै रथ का दुईवटा पाङगा्र केवल भनाइमा मात्रै समिति छ ।
महिला पुरुष समानताका निम्ति धेरै भाषण गरिए थुप्रै कार्यक्रम पनि भए एनजिओ आइएनजीओले त महिला पुरुषको समानताको मुद्धा बनाएर थुप्रै कार्यक्रम चलाए । बिडम्बन महिला समानताका कुरा गर्नेहरु नै महिलाहिंसा गरिरहेका छन । महिलाअधिकारका कुरा गर्ने महिलाहरु नै पिडित छन । अझै पनि हाम्रो समाजमा महलिालाई एक्लै हिड्न नजिककै मान्छेको डर छ । महिलाले आफ्नै परिवार वा छिमेमीको डरमा हिड्नुपर्ने अवस्था छ । यसका उदाहरणहरु प्रसस्तै छन ।
बिहान घरबाट हिडेकी एउटा महिलाको मनमा थुप्र्रै आशंकाहरु उब्जिएका हुन्छन । कि कतै मैले घर फर्किन पाउँछु कि पाउँदिन हरेक दिन सञ्चार माध्यममा पुर्वदेखि पश्चिम सम्मका महिला दिदि बहिनि सुरक्षित नभएको खबर सुनिएको हुन्छ । कहिले घरेलु हिंसा त कहिले सिमापारी बेचिएकोसम्म । त्यसकारण यो देशमा महिला राष्ट्रिपति छन भनेर गर्वगर्ने अवस्था छैन । हरेक महिना महिनावारि हुँदा महिला माथि गरिने ति अमानविय ब्यबहार जसका कारण आज कैयौँ नारीहरुले अकाल मै ज्यान गुमाउनु परेका छ । छाउगोठमै मृत्यु भएका समाचार फैलिएका हुन्छन । तर खै हाम्रो समाजका वुद्धिजीवी भनिनेहरु मुख खोल्दैनन । स्र्वग नर्क पाप पुण्यको गलत ब्याख्या गर्दै आफ्नो स्वार्थ पुर्तिमा तल्लिन शासक वर्गको अमानविय व्यबहार त्यसमा पनि हाम्रो जस्तो बिकासोन्मुख देश मा पुरुषको आडम्बरि सत्ता जब सम्म अन्त्य हुँदैन तब सम्म तमाम नेपालि चेलिहरुले विभिन्न बहानामा दुख पाइरहेछन ।
छाउपडि बालबिवाहका लागि अहिलेसम्म थुप्रै संघ संस्थाहरुले त्यसको बिरुद्यमा काम गरे । कयौँ महिलाहरु महिलावारिको बेला गर्मिमा सर्प ले टोकेर चिसोमा आगो जे जलेर कति हिँसामा परेर अकाल मै ज्यान गुमाउन बाध्य छन तर पनि अहिले सम्म मानसिकता परिरर्वतन गर्न सकिएको छैन हामिले सोच्छौ कि छाउ गोठ त भत्काइयो हामि ले त्यो परिर्वतन भएको मानेका छौ । त्यसैले हामिले आफ्नो मानसिकता भतकाउनु जरुरी छ । महिला दिवस को दिन मात्रै महिला दिवस बाल दिवस को दिन मात्रै बाल दिवस मनाएर महिला र बालबालिकाका नारा जुलुस लगाएर मात्र लैगिक हिंसा तथा बालबालिकाको शोषण अन्त्य हुन सक्दैन । तर्सथ हरेक दिन हरेक घरमा महिला दिवस र बाल दिवस हुनु पर्छ तब मात्र सुन्दर समाजको परिकल्पना गर्न सकिन्छ ।
.gif)