कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–३, बडहरामा रहेको होल्डिङ सेन्टरमा अस्पताल सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ। उपमहानगरपालिकाले स्त्री तथा बालरोग उपचारसम्बन्धी अस्पताल चलाउने गरी प्रक्रिया अगाडि बढाएको हो।
अस्पताल सञ्चालनका लागि रक्षा मन्त्रालयबाट होल्डिङ सेन्टर प्रयोगको अनुमति माग गरिएको उपमहानगरपालिकाको कार्यालयले जनाएको छ। नेपाली सेनाको भवानी दल गणको अनुगमन र व्यवस्थापनमा बनेको होल्डिङ सेन्टर रक्षा मन्त्रालय अन्तर्गत रहेको छ।कोरोना महामारीका बेला सङ्घीय सरकारको २८ करोड ८१ लाख १२ हजार रुपियाँ लगानीमा होल्डिङ सेन्टर बनाइएको थियो।
एक हजार शय्याको होल्डिङ सेन्टर प्रयोगविहीन रहेकाले उपमहानगरपालिकाले अस्पताल सञ्चालनको गृहकार्य थालेको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए । उपमहानगरपालिकाले नै आवश्यक दक्ष जनशक्ति र व्यवस्थाकीयमा भ्याए अनुसार क्षमता अस्पताल चलाउने तयारी भइरहेको छ। उनले भने, “हामी छलफलकै क्रममा छौँ, कति शय्याको अस्पताल चलाउने भन्ने निश्चित भइसकेको छैन।
बडहरास्थित सामुदायिक वन क्षेत्रमा बनेको होल्डिङ सेन्टरमा २२ वटा क्वारेन्टाइन, २२ वटा चर्पी र १५ वटा डाइनिङ हलसहितको भान्साकोठा रहेका छन्। भारतबाट फर्किने व्यक्ति र कोरोना सङ्व्रmमितलाई राख्नका लागि होल्डिङ सेन्टर बनाइएको थियो।
तर कोरोना महामारी नियन्त्रणमा आएपछि प्रयोगविहीन बनेको थियो। होल्डिङ सेन्टरको रेखदेख नेपाली सेनाले गर्दै आएको छ।