सोमबार, कात्तिक २४ गते २०८३ || Nov 9, 2026
  • यो साता चर्चामा :

सेती अस्पतालको प्रमुखमा डा. कमर नियुक्त


पश्चिम प्रेस
मंगलबार, असोज २ २०८०
  • 524
    Shares

  • images
    images
    सेती अस्पतालको प्रमुखमा डा. कमर नियुक्त

    कैलाली ।  सेती प्रादेशिक अस्पतालको प्रमुखमा डाक्टर शेरबहादुर कमर नियुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयले सोमबार अस्पतालमै कार्यरत फिजिसियन डा. कमरलाई मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरेको हो ।यसअघि प्रमुख रहेका डा. हेमराज पाण्डेलाई महाकाली प्रादेशिक अस्पतालमा सरुवा गरिएको छ ।

    सुदूरपश्चिमको एक मात्र रेफरल रहेको सेती प्रादेशिक अस्पतालमा पछिल्लो समय अस्पतालको सेवा लथालिङ्ग भएको चौतर्फी गुनासोका बिच मन्त्रालयले डा. कमरलाई प्रमुखको जिम्मेवारी दिएको हो । डा. कमरले आफूले अस्पतालबाट प्रदान गरिने सेवा सुधारका लागि प्रयत्नशील रहने बताए ।

    अप्रेसन सेवालाई छरितो बनाउने, अल्ट्रासाउन्ड सेवा नपाइरहेको गुनासोलाई व्यवस्थापन गरे समस्या समाधान हुने डा. कमरको भनाई छ । 


    प्रतिक्रिया दिनुहोस