कस्तो मन होला तिम्रो
यता भूकम्पले खण्डहर शरीरहरु
शान्ति कामनाको पर्खाइमा तड्पिरहेका छन्
पराकम्पनले क्षतिग्रस्त जीवनहरु
मल्हमको बाटो हेरिरहेका छन्
गाँस, बाँस र कपास बिहिन आत्माहरु
प्रकोपले ग्रस्त मनहरु
चर्किएको घाउ बोकेर
बाँच्ने आधार खोजिरहेका बेला
निर्गुनी भएर देखेनदेखे जस्तो गरि
चिप्ला मिठा बात मार्ने
तिमी उता पो हानियौ जश्न मनाउन
कस्तो मन होला तिम्रो रु
शान्तिको कामना गर्नपनि लाज मान्ने
दयाहीन र मानवताविहिन
कस्तो मन होला तिम्रो ?
यता तिम्रो आदर्शको सम्झना
र तिम्रो मट्टेको स्मृति तिमीले गर्नुपर्ने ठाउँमा
शुभचिन्तकहरुले तेस्रो पूण्यतिथि मनाउँदै गर्दा
सोही दिन मट्टेको पनि स्मृति जुराउँदै गर्दा
तिम्रो हृदयमा ठोक्किएर चोट परेछ
चम्चाहरुलाई कागशैलीमा उचालेछौ
तिम्रो कलम र चम्चाको किबोर्डबाट झरेका शब्दहरूमा
दर्दनाक चिच्याहट थियो
पछुतोको हो वा आक्रोसको तिमीलाई नै थाहा होला
तिम्रा मुटु घोच्ने शब्दबाणहरुले
कोमल हृदयहरु कति तड्पे होलान्
तिम्रो प्रगतिशीलताको बखान गर्नेहरुले
तेस्रो पूण्यतिथिमा तिमी सम्मानित भएको र
जन्मोत्सबको जश्न मनाउँदा
यता प्रगतिशील जश्न मनायो होला
र त तिम्रो अन्धभक्तको समाचार बनेन
कस्तो मन होला तिम्रो रु
कठैबरा १ तिम्रा रेडिमेड बाको मुखमा
ताला लगाए जसले उसैको
जन्मदिन धुमधामले मनाएर आएछौ
यता तिम्रा बाको छट्पटी
उता जन्मोत्सबको जश्न
कस्तो मन होला तिम्रो ?
यता राष्ट्र शोकमा डुबेको
गाँजा घटनाको साँढे जुधाईमा
देशका दस कर्णधार ठहरै
कैयौं घाइते र बन्दी
देश तिनीहरुको शव कसरी ल्याउने र
पीडितहरुको उद्धार कसरी गर्ने भन्ने
चिन्ताले छट्पटी रहेको बेला
सारा देशले शोक मनाइरहेको बखत
तिमी निष्ठुरी उता हानियौ जश्न मनाउन
र रातो टीका निधारभरी दलेर
आफुले गौरव गरेको अनुभूति गर्दै
दोसल्ला ओढेर आयौ
कस्तो मन होला तिम्रो ?
कति साह्रो ढुङ्गो होला त्यो हृदय ?
अरुलाई संवेदनशीलताको पाठ घोकाउने
आज सेतो चादर ओढेर फुलमाला लगाएछौ
कहाँ गयो होला तिम्रो संवेदनशीलता ?
गोष्ठीहरुमा नैतिकताको रटान लगाउने
आज कहाँ हरायो होला तिम्रो नैतिकता ?
मानवताको बखान गरि नथाक्ने
तिम्रो मुखको रङ्ग हेर्ने मन लाग्छ
तिम्रो हृदयबाट मानवता मरेको बेला
अहँ गलाउन सक्दैन तिम्रो कठोर निर्दयी
त्यो हृदयविहिन हृदय कसैले
निष्ठुरी शब्दलाई समेत लाज लाग्ने
राछो रहेछौ तिमी
जसलाई गलाउन जति प्रहार गरेपनि
ढुङ्गा उछिट्टिएर आफैतिर फर्किने
राछो मन कस्तो होला तिम्रो
.gif)