बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

प्रहरीले तस्करी रोक्दा किन डराए महेन्द्रनगरका व्यवसायी ?


बिहीबार , असोज २५ २०८०
  • 2.1K
    Shares

  • images
    images
    प्रहरीले तस्करी रोक्दा किन डराए महेन्द्रनगरका व्यवसायी ?
    महेन्द्रनगर । आठ महिना अघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतृत्वमा एसपी कमल थापा आए । 
    कञ्चनपुर प्रहरीको नेतृत्व सम्हालेका थापाले केहि महिनापछि चोरी तस्करी नियन्त्रण गर्ने अभियान चलाए । प्रहरीले करोडौँ मूल्य बराबरका भन्सारछलिका अवैध सामान बरामद गरिसकेको छ । यो एक महिनामा मात्रै कञ्चनपुर प्रहरीले एक करोड बढिको भन्सार छलिका सामान बरामद गरेर भन्सार कार्यालय पठाएको छ । जब प्रहरीको यो अभियान ठुला व्यवसायीसम्म पुग्यो त्यसपछि कञ्चनपुरका व्यवसायी डराए । बिहिबार त महेन्द्रनगरका व्यवसायीहरुले बजार नै बन्द गराए । 
    यहाँ बजार नै बन्द गरेर व्यवसायीहरुले आन्दोलनमा उत्रिनु पर्ने कारण थिएन । किनकि विधिसम्मत व्यवसाय गर्नेहरुलाई प्रहरीले व्यवसाय गर्न कुनै रोकावट गरेको देखिदैन । अहिले प्रहरीले ठुलो मात्रामा भन्सार छलेर ल्याउने तस्करलाई निसाना बनाएको छ ।
    महेन्द्रनगरका हरेक पसलमा छिमेकी शहर बनवासाबाट साईकल क्यारिङ्गमा सामान आउँछ त्यो सामान महेन्द्रनगरसम्म कसरी पुग्छ यहाँका व्यवसायीलाई कुनै चासो हुदैन उनीहरुले साईकल क्यारिङ्ग गर्नेहरुसंग कारोबार गरेका हुन्छन । सामान पसलमा पुगाउने जिम्मा साईकल क्यारिङ्गवालाको हुन्छ । त्यसको कुनै विलविजक नहुने भएकाले यहाँका व्यवसायीहरु अब मेरोमा पनि प्रहरी आउने हो कि भनेर त्रसित छन । अर्को भन्सारबाट आउने सामानहरु रु ५ सयको सामान ल्यायो भने त्यहाँ रु २ सयको मात्रै भन्सार काटिन्छ रु ३ सयको भन्सार हुदैन त्यसमा भन्सार कर्मचारीको मिलेमतो छ ।  
    यहाँका व्यवसायीले प्रहरीले छापा हानेर दुःख दियो भन्सारमा किन नरोकेको गोदामा आएर किन छापा हान्ने ? भन्दै बिहिवार बजार बन्द गरे । यहाँका स्थानीय व्यवसायीहरुले अहिले प्रहरीलाई थुप्रै प्रश्न गर्ने गरेका छन ।
    १) प्रहरीले भन्सारमा मिलेमतोमा सामान पठाउँछ
    २) प्रहरीलाई महिनावारी कम भयो ?
    ३) प्रहरी र शसस्त्र प्रहरीको सेटिङ नमिलेर हो ।
    ४) नाकाबाट आउन दिने गोदाममा किन छापा हानेको ?
     
    यदि व्यवसायीहरुबाट प्रहरीले महिनावारी पैसा उठाउँछ वा भन्सार छलेर सामान ल्याउन दिए वाफत पैसा माग्छ भने नेपालको कानुन अनुसार पैसा लिने र दिने दुबै भ्रष्टाचारी हुन अपराधी हुन । किन व्यवासयीहरु प्रहरीलाई पैसा दिन तयार भए किन पैसा दिए ? किन व्यवसायीहरुले त्यतिबेला प्रहरीले पैसा माग्यो, भन्सारमा सेटिङ्ग भयो भनेर आन्दोलन किन नगरेको ? त्यति बेला प्रहरीले भन्सारमा मिलेमतोमा सामान महेन्द्रनगर पठाउँछ भने त्यहाँ कसको मिलेमतो हुन्छ ? व्यवसायीहरु किन मिलोमतो गर्न तयार हुन्छन । तिनै व्यवसायिहरु होईनन नाकामा भन्सार कर्मचारी,शसस्त्र प्रहरी र प्रहरीलाई पैसा दिन तयार हुने ? आफुलाई दुई रुपया फाईदा हुँदा प्रहरीको मिलेमतो राम्रो हुने आफुलाई समस्या पर्दा प्रहरीले मिलेमतो गर्यो,पैसा खायो,सेटिङ्ग  मिलेन भन्ने ?  त्यहाँ मिलेमतो त व्यवसायीहरुले नै गर्ने होईनन ? किन आफ्ना फाईदाको लागि उपभोक्तालाई समस्यामा पार्छन व्यवसायी ।
     
    अर्को यहाँका व्यवसायीहरुले भन्सार छलेर ल्याएका सामानमा पनि उपभोक्तालाई भन्सार सहितको मूल्य जोडेर बिक्री गर्छन रु ५ रुपैया छुट दिन तयार हँुदैनन । चारैतिरबाट उपभोक्ता मारमा छन । अहिले प्रहरीले चोरी तस्करी नियन्त्रण गर्न खोज्दा व्यवसायीहरु किन आन्दोलनमा ? हो प्रहरीको पनि राम्रो छवि छैन । तर प्रहरीले केही राम्रा काम गर्न खोज्दा किन आन्दोलन हुन्छ ? पहिला महेन्द्रनगरका व्यवसायीहरु आफै राम्रा हुनुपर्यो । वैधानिक हिसावले व्यवसाय गनुपर्यो त्यसपछि प्रहरीलाई नराम्रो भन्न सकिन्छ । अहिले यहाँका व्यवसायीहरुको आन्दोलन भनेकै भन्सारबाट चोरी तस्करी गर्न पाउनुपर्छ भन्ने हो ? 
     
    नाकाबाट मालसामान आउँदा भन्सारमा प्रहरीको कुनै संलग्नता हुँदैन त्यहाँ भन्सार कर्मचारीहरु र सशस्त्र प्रहरीको जिम्मेवारी हुन्छ । अवैध रुपमा बजारमा व्यवापार व्यवसाय भयो भने प्रहरीले शंका लाग्यो भने प्रहरीले छापा हान्न पाउँछ नियन्त्रणमा लिन पाउँछ ।  मैले गड्डाचौकीबाट मोटरसाईकलमा महेन्द्रनगरको मदन चोकमा पुग्नु छ मसंग लाईसेन्स छैन गड्डाचौकीमा ट्राफिक प्रहरी चेकिङ छ,त्यसपछि सुकासाल चौराहामा पनि ट्राफिक चेकिङ हुन्छ अब मैले महाकाली नहरको किनारै किनार महेन्द्रनगर आउने योजना बनाए । म महेन्द्रनगर पुग्ने बेला शिवमन्दिर नजिक ट्राफिक चेकिङमा परे अब मैले त्यहाँको ट्राफिक प्रहरीलाई गड्डाचौकीमा किन नरोकेको ? सुकासालमा किन नरोकेको महेन्द्रनगर पुग्ने बेला रोक्ने भनेर भन्न मिल्छ ?
     
      कानुन सबैका लागि बराबर हुन्छ । अपराधिक र अवैधानिक क्रियाकलाप गर्न यहाँ कसैलाई छुट छैन । भारतीय व्यवसायिहरुले अवैध धन्दा गरेर आधा महेन्द्रनगर बजार किनिसके तिनै अवैध कारोबारीलाई प्रहरीले रोक्न खोज्दा व्यवसायिहरु किन आन्दोलमा उत्रिनु पर्यो ?  प्रहरीले अहिले गरेको काम प्रशंसा योग्य छ यसलाई निरन्तरता दिनुपर्छ । यदि प्रहरीले यो अभियानलाई निरन्तरता दिएन भने यहाँका व्यवसायिहरुले भने जस्तै प्रहरीले पनि पैसा खान नपाएर व्यवसायीका गोदाममा छापा हानेको ठहरिने छ ।

     




    प्रतिक्रिया दिनुहोस