आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

तनाव कम गर्न तथा स्वाँसप्रस्वाँस सम्बन्धी समस्याबाट छुटकरा पाउन यसरी गर्नुहोस् तुलसीको प्रयोग


पश्चिम प्रेस
बुधबार, फागुन ४ २०७८
  • 901
    Shares

  • images
    images
    तनाव कम गर्न तथा स्वाँसप्रस्वाँस सम्बन्धी समस्याबाट छुटकरा पाउन यसरी गर्नुहोस् तुलसीको प्रयोग


    आयुर्वेदिक चिकित्सा प्रणलीमा तुलसीलाई एक महत्वपूर्ण औषधीका रुपमा लिइन्छ । धेरैजसो आयुर्वेदिक विद्वानहरुले तुलसीलाई मृतसञ्जीवनीकै रुपमा पनि लिने गर्दछन् । तुलसीको बिरुवाले वरिपरिको वातावरण सफा गर्नुको साथै भरपुर मात्रामा अक्सिजन छोड्ने गर्दछ भने तुलसीमा पात तथा काण्ड विभिन्न रोगको उपचारका लागि आयुर्वेदिक औषधिका रुपमा प्रयोग गर्ने गरिन्छ । तुलसीले बिहान खाली पेटमा पानीसागै तुलसीको सेवन गरेमा विभिन्न रोगहरु निको हुनुका साथै रोग प्रतिरोधात्कम क्षमता पनि बढाउने गर्दछ । तुलसीमा हुने एडाप्टोजेन तत्वले तनाव कम गर्नुको साथै नर्भस सिस्टमलाई समेत सुधार गर्दछ । यसको दैनिक सेवनले टाउँको भारी हुने तथा दुख्ने समस्या कम गर्दछ । यसले हाम्रो पाचन प्रणलीलाई समेत मजबुद बनाउनमा मद्दत गर्नुको साथै पेटमा पर्ने जुका, चुर्ना तथा अन्य किटाणुहरुलाई समेत नष्ट पार्दछ । तुलसीमा हुने एन्टी व्याक्टेरियल तत्वले रोग प्रतिरोधात्मक क्षमता बढउनका साथै सर्दी तथा खोकीकम गर्न पनि मद्दत गर्दछ । तुलसीले ब्लड सर्कुलेसनलाई सही तरिकाले गराउँनुका साथै सुगरका बिमारीहरुलाई समेत राहत दिन्छ । श्वाँसप्रश्वासका बिमारीहरुका लागि त तुलसीको सेवन रामवाणकै काम गर्दछ । तुलसी, मह र अद्रकको पेष्ट बनाएर सेवन गर्नाले स्वाँसप्रस्वास सम्बन्धि समस्यालाई घटाउन मद्दत गर्दछ । 


    प्रतिक्रिया दिनुहोस