सोमबार, फागुन १४ गते २०८० || Feb 26, 2024
images
images

डा.टेकराज पन्तका चार कृति विमोचन


पश्चिम प्रेस
बुधबार, मंसिर २० २०८०
  • 1.6K
    Shares

  • images
    images
    डा.टेकराज पन्तका चार कृति विमोचन
    images
    images
    images
    images
    महेन्द्रनगर । साहित्यकार डा.टेकराज पन्तले रचना गरेका तिमि बिनाको म,यशस्विनी,डगन र सुलगति अरमान कविता संग्रहको एक साथ विमोचन गरिएको छ । मंगलबार महेन्द्रनगरमा आयोजित एक समारोहमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले डा. पन्तका चार वटा कृति बिमोचन गर्नुभयो ।
     
    विमोचित चार वटा कृति मध्ये सुलगति अरमान हिन्दि भाषा र डगन स्थानीय भाषाका कविता संग्रह हुन । तिमि बिनाको म र यशस्विनी नेपाली भाषामा छन । “मेरा मनमा ऋणको रुपमा रहेको थियो मातृभाषाका केहि लेखौ भन्ने जबसम्म हामी आफ्नो मातृभाषा प्रति कतव्र्य पालन गदैनौ तबसम्म हाम्रो जिवन नै अधुरो रहन्छ ।” डा.पन्तले भने–“त्यसैले मैले आफ्नो मातृभाषामा डगन भन्ने कविता रचना गरेको छु ।” कृतिको विमोचन गर्दै उपकुलपति जोशीले एउटै मञ्चमा एउटै श्रष्टाका चारवटा कृति विमोचन गर्नु सहज नभएको बताए । “कुनैपनि श्रष्टाले आफ्नो कृतिमा समाजलाई सकारात्मक स्वरुप दिने खालका हुन्छन ।” उहाँले भन्नुभयो–“आज विमोचन भएका चारै कृतिमा त्यो देखिन्छ ।”  उनले सुदूरपश्चिम विश्वविद्यालयले पनि साहित्यको विकासका लागि सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा रहेका लोककथा संकलन गरिर प्रकाशन गरिरहेको बताए ।
    “हामीले तीनसय बढी लोककथालाई विभिन्न भाषामा प्रकाशन गर्न लागेका छौ ।” जोशीले भने–“यहाँको भाषा साहित्यको विकासका लागि विश्वविद्यालय प्रतिवद्ध छ ।” डा. पन्तको नेपाल भारत सम्बन्ध र शान्ति क्षेत्र प्रस्तावनाको राजनितिक कृति प्रकाशोन्मुख रहेको छ ।विमोचित कृतिमाथि सारदा विद्यापीठका उपप्राध्यापक हरिप्रसाद खतिवडा र श्यामसुन्दर ढकालले टिप्पणी गरेका थिए ।  सुदूरपश्चिम विश्वविद्यालयकका पूर्व डीन समेत रहेका पन्त पछिल्लो समय  यहाँको भाषा साहित्यको श्रीवृद्धमा सक्रिय छन ।  


  • सम्बन्धित विषय:

  • # डा.टेकराज पन्त
  • प्रतिक्रिया दिनुहोस