मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

महेन्द्रनगरमा आमसभा गर्दै राप्रपा,महेन्द्र स्मारमा जान रोक


पश्चिम प्रेस
बिहीबार , मंसिर २८ २०८०
  • 871
    Shares

  • images
    images
    महेन्द्रनगरमा आमसभा गर्दै राप्रपा,महेन्द्र स्मारमा जान रोक

    महेन्द्रनगर । महेन्द्रनगरमा राप्रपाले आज आमसभा गर्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । महेन्द्र स्मार जाने सबै बाटोमा प्रहरी परिचालन गरिएको छ । उक्त ठाउँमा राप्रपाले राजा महेन्द्रको शालिक स्थापना गर्ने जनाएको थियो । गणतन्त्रवादी दलहरु त्यसको विरोधमा उत्रिएपछि तनावको स्थिती सिर्जना हुने देखिएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको हो ।  अहिले महेन्द्र स्मारमा जान रोक लगाइएको छ । स्मारकमा जाने सबै बाटोमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको छ । 

    राष्ट्रिय प्रजातन्त्र पार्टीले कञ्चनपुरमा आज बृहत आम सभा कार्यक्रम गर्दैछ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन,वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायत थुप्रै नेताहरुले उक्त सभामा सहभागी हुने कार्यक्रम रहेको  छ ।  दिउँसो १२ बजे राप्रपाले महेन्द्रनगरको सब्जीमण्डी रोडमा रहेको पार्टी कार्यालय नजिक आम सभा गर्ने भएको हो ।

    jhalari (1).png

     

    police (1).png

    IMG_4421-min.JPG


  • सम्बन्धित विषय:

  • # महेन्द्रनगर
  • प्रतिक्रिया दिनुहोस