आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

कोरोना संक्रमणबाट २ जनाको मृत्‍यु


पश्चिम प्रेस
शुक्रबार, फागुन ६ २०७८
  • 692
    Shares

  • images
    images
    कोरोना संक्रमणबाट २ जनाको मृत्‍यु

    पछिल्लो २४ घण्टामा देशभरी थप ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १३३ जनाको पीसीआर परीक्षणमा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६२ जना गरी ४३७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई हजार ४५४ रहेको छ भने कोरोना संक्रमणबाट २ जनाको मृत्‍यु भएको छ ।


    प्रतिक्रिया दिनुहोस