मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

महाकाली अस्पतालमा विशेषज्ञ चिकित्सक थपिए


पश्चिम प्रेस
सोमबार, पुस २ २०८०
  • 626
    Shares

  • images
    images
    महाकाली अस्पतालमा विशेषज्ञ चिकित्सक थपिए

    महेन्द्रनगर ।  महाकाली प्रादेशिक अस्पतालमा चिकित्सकको दरबन्दी पूर्ति गरिएपछि बिरामीले सहज रुपमा सेवा पाएका छन् । अस्पतालमा करारमा चारजना विशेषज्ञ चिकित्सकसहित छ जना थपिएपछि सेवाग्राही  लाभान्वित भएका हुन् ।

    अस्पतालका प्रमुख अर्जुन भट्टका अनुसार अस्पतालमा बालरोग विशेषज्ञ, जनरल सर्जन, एनेस्थेसिस्ट, एडिजिपी र दुईजना रेडियोग्राफर थपिएका हुन् । अस्पतालमा रेडियोलोजिष्ट एक, एमडीजीपी दुई, स्त्री तथा प्रसूति रोग विशेषज्ञ एक,अर्थोपेडिक सर्जन दुई र नाककानघाँटी विशेषज्ञ एक गरी सातजना चिकित्सक कार्यरत छन् ।


  • सम्बन्धित विषय:

  • # महाकाली अस्पताल
  • प्रतिक्रिया दिनुहोस