नेपालको अधिकांस क्षेत्र ग्रामिण भु भागले ओगटेको पाईन्छ । अधिकांश जनता अझैँ पनि अशिक्षित, गरिबी र रुढीवादी परम्पराको चपेटामा रुमल्लिएका छन । जसले गर्दा नेपाली समाजमा अधिकांश थ्प्रै अमानवीय घटनाहरु घटिरहेका हुन्छन । हाम्रो समाज देउकी प्रथा, सतिप्रथा जस्ता केही कुप्रथाबाट माथि उठेको भएतापनि धेरै ग्रामिण क्षेत्रहरुमा अझै पनि छाउपडी , बालबिवाह महिला हिंसा जस्ता कुप्रथाहरु चलिरहेकै पाइन्छ। त्यसै गरी तराइका जिल्लाहरुमा दाइजो प्रथा घुम्टो प्रथा अझै पनि चलेकै पाइन्छ । कतिपय महिला चेलीबेटीले दाइजो नल्याएकै कारण जिउँदै जलाईए भने धेरै महिलाहरु अहिलेपनि घुम्टोे प्रथा जस्तो अमानवीय कु प्रथाका कारण आफ्नो अनुहार ढोकेर हिन्न बाध्य छन । महिला समानता र महिला हकहितका कुरा धेरै भए यस्ता धेरै संविधान बने जसमा दाइजो प्रथा र अन्य कुप्रथामाका बिरुद्धमा कानुनि कार्यवाहिका तमाम कुराहरु नेपाल को संबिधान मा उल्लेख भए तर खै ति संबिधानका पानामा लेखिएका कानुनहरु अझैँ पनि कार्यान्वयनमा आइसकेका छैनन् । छोरि चेलि बेटिहरुले अझै पनि आफनो चाहना अनुरुप काम गर्न पाएका छैनन । महिला केवल घरको चुलो चौकोमा मात्रै सीमित रहनु पर्छ भन्ने धारणा अझै पनि हाम्रो समाजबाट हटेको पाइदैन । हाम्रो जस्तो पुरुष प्रधान समाजमा महिलाले खुलेर आफ्नो जीवन जिउन पाउने र आफ्नो शिर ठाडो पारेर हिड्न पाउने दिन अझै आएको पाइदैन ।
.gif)