शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

हाम्रो समाजमा महिलाका पीडा


आइतबार, फागुन ८ २०७८
  • 1.1K
    Shares

  • images
    images


    नेपालको अधिकांस क्षेत्र ग्रामिण भु भागले ओगटेको पाईन्छ । अधिकांश जनता अझैँ पनि अशिक्षित, गरिबी र रुढीवादी परम्पराको चपेटामा रुमल्लिएका  छन । जसले गर्दा नेपाली समाजमा अधिकांश थ्प्रै अमानवीय  घटनाहरु घटिरहेका हुन्छन  । हाम्रो समाज देउकी प्रथा, सतिप्रथा जस्ता केही कुप्रथाबाट माथि उठेको भएतापनि  धेरै ग्रामिण क्षेत्रहरुमा अझै पनि छाउपडी , बालबिवाह महिला हिंसा जस्ता कुप्रथाहरु चलिरहेकै पाइन्छ।   त्यसै गरी तराइका जिल्लाहरुमा दाइजो प्रथा घुम्टो प्रथा अझै पनि चलेकै पाइन्छ । कतिपय महिला चेलीबेटीले दाइजो नल्याएकै कारण जिउँदै जलाईए  भने धेरै महिलाहरु अहिलेपनि घुम्टोे प्रथा जस्तो अमानवीय कु प्रथाका कारण आफ्नो अनुहार ढोकेर हिन्न बाध्य छन । महिला समानता र महिला हकहितका कुरा धेरै भए यस्ता धेरै संविधान बने जसमा दाइजो प्रथा र अन्य कुप्रथामाका बिरुद्धमा कानुनि कार्यवाहिका तमाम कुराहरु नेपाल को संबिधान मा उल्लेख भए तर खै ति संबिधानका पानामा लेखिएका कानुनहरु अझैँ पनि कार्यान्वयनमा आइसकेका छैनन् ।  छोरि चेलि बेटिहरुले अझै पनि आफनो चाहना अनुरुप काम गर्न पाएका छैनन । महिला केवल घरको चुलो चौकोमा मात्रै सीमित रहनु पर्छ भन्ने धारणा अझै पनि हाम्रो  समाजबाट हटेको पाइदैन ।  हाम्रो जस्तो  पुरुष प्रधान समाजमा महिलाले खुलेर आफ्नो जीवन जिउन पाउने र आफ्नो शिर ठाडो पारेर हिड्न पाउने दिन अझै आएको पाइदैन ।

       




    प्रतिक्रिया दिनुहोस