महेन्द्रनगर । कञ्चनपुरमा लागूऔषधसहित तीन युवक पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–१० सडकघाटबाट ७७० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित सोही ठाउँका २६ वर्षीय प्रशान्त चौधरी बुधवार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित चौधरीलाई फेला पारी पक्राउ गरेको हो।
यस्तै हिजो (बुधवार) राति भीमदत्त नगरपालिका–१० गडडाचौकी स्थित व्यारेलबाट ०.८३ ग्राम लागूऔषधसहित भीमदत्त–३ बस्ने २८ वर्षीय दिवस कुँवर र भीमदत्त–१ का २८ वर्षीय प्रेमराज जोशी पनि पक्राउ परेका छन्।
ईलाका प्रहरीकार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी दुबै जनाहरुलाई पक्राउ गरेको हो। पक्राउ परका तीनै जनामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
.gif)