मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

साहित्यकार चन्दलाई नागरिक अभिनन्दन


पश्चिम प्रेस
बिहीबार , फागुन ३ २०८०
  • 570
    Shares

  • images
    images
    साहित्यकार चन्दलाई नागरिक अभिनन्दन
    धनगढी । वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई कैलालीको धनगढीमा आज नागरिक अभिनन्दन गरिएको छ । नेपाली साहित्यमा उल्लेख्य योगदान पु¥याएको भन्दै उनलाई नागरिक अभिनन्दन गरिएको हो । 
     
    अभिनन्दन गर्न गठित नागरिक अभिनन्दन मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा समितिका संयोजक मायाप्रकाश भट्टले पूर्वप्रधानमन्त्री चन्दलाई अभिनन्दन पत्र र दोसल्ला ओढाएर अभिनन्दन गरे। सो अवसरमा सुदूरपश्चिमाञ्चल प्रज्ञा प्रतिष्ठान, सुदूरपश्चिमाञ्चल साहित्य समाजलगायत दुई दर्जनभन्दा बढी साहित्यिक सङ्घ संस्थाले साहित्यकार चन्दलाई अभिनन्दन गरेका थिए । उहाँको ८४ जन्मदिनको अवसर पारेर अभिनन्दन गरिएको संयोजक भट्टले जानकारी दिए। 
     
    नेपाली सहित्यमा ‘श्रीलोचन’को नामले चिनिनुहुने साहित्यकार चन्दको ‘विसर्जन’ कथासङ्ग्रहले २०५४ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो । बैतडीको सूर्नया गाउँपालिकामा जन्मिएका उनका पाहुना घर, इन्द्र धनुष, तिम्रो झलक, अपराजिता, हिउँको तन्ना, सन्ध्यावली, अपरिचित, बाह्रौँ खेलाडी, लेमिङहरु, रात्री भोज, नेताका साथीलगायत १४ वटा साहित्यिक कृति प्रकाशित छन् । 


  • सम्बन्धित विषय:

  • # नागरिक अभिनन्दन
  • प्रतिक्रिया दिनुहोस