मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

ग्वाल्लेक नागार्जुन समाजको अध्यक्षमा परमानन्द जोशी


पश्चिम प्रेस
शनिबार, फागुन १२ २०८०
  • 507
    Shares

  • images
    images
    ग्वाल्लेक नागार्जुन समाजको अध्यक्षमा परमानन्द जोशी
    महेन्द्रनगर । ग्वाल्लेक नागार्जुन समाज महेन्द्रनगरको प्रथम अधिवेशनबाट अध्यक्षमा परमानन्द जोशी चयन भएका छन ।
    समाजको वरिष्ठ उपाध्यक्षमा तारा दत्त पन्त,उपाध्यक्षमा शंकर दत्त जोशी ,महिला उपाध्यक्षमा सिता देवी भण्डारी चयन भएका छन । त्यसैगरी सचिवमा देवीदत्त पन्त,सह–सचिवमा जगदीश प्रसाद जोशी र शेर सिंह भण्डारी छन । कोषध्यक्षमा चन्द्र देव जोशी,सह कोषाध्यक्षमा कलावती भण्डारी चयन भएका छन । सदस्यहरुमा प्रेम दत्त जोशी,देव दत्त पन्त,धर्मानन्द जोशी,लोकेन्द्र जोशी,सिद्धराज जोशी,नन्द राज जोशी,गोविन्द पन्त,नैन सिंह भण्डारी र जनकराज जोशी छन । महिला सदस्यमा सुनीता चन्द,लक्ष्मी पन्त र कमला पन्त छन ।
      साधारण सभाकै अवसरमा समाजले संस्थाको श्रीवृद्धिका लागि सहयोग पुगाएको भन्दै पश्चिम प्रेसका समाचार प्रमुख महादेव अवस्थी,शिवधाम क्षेत्र विकास समितिका अध्यक्ष हेम विक्रम थापा,कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशीलाई सम्मान गरेको छ । त्यसैगरी संस्थाको साधारण सभामा जेष्ठ नागरिक किसन चन्द,जयदत्त पन्त, धनादेवी जोशी,धौलीदेवी भण्डारी,वलदेव जोशी,जैमति पन्त,सिकन सिंह भण्डारी र मानमति चन्दलाई अभिनन्दन गरिएको छ । सम्मानित हुने सबैलाई दोसल्ला र सम्मानपत्र पत्र प्रदान गरिएको छ । 


  • सम्बन्धित विषय:

  • # ग्वाल्लेक नागार्जुन समाज
  • प्रतिक्रिया दिनुहोस