कैलाली । कैलालीमा एक महिला पाँच दिनदेखि सम्पर्कविहिन भएकी छिन् । जिल्लाको गोदावरी नगरपालिका–५ वरबट्टाकी सुनीता परियार फागुन ९ गतेदेखि सम्पर्कविहिन भएकी हुन्।
सम्पर्कविहिन परियारको खोजीका लागि प्रहरीमा खबर गरे पनि फेला नपारेको परिवार श्रोतले जनाएको छ ।
सुनीताका ससुरा विनोद परियारले राति ९ बजे शौचालय जान्छु भनेर बाहिर निस्केकी बुहारी अहिलेसम्म पनि घरमा नआएको बताए। उनले बुहारीको खोजी गर्न रातभरि गाउँमा खोजे पनि कतै नभेटेको बताए। भारतमा रहेका सुनीताका श्रीमान भने उनी हराएपछि घर आएको विनोदले बताए। सुनिताका ४ छोराछोरी छन्।
.gif)