शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

वार्षिकोत्सवको पूर्वसन्ध्यामा एसपिए कलेज धनगढीले गर्‍यो कवि सम्मेलन : प्रतियोगितामा वविता कार्की प्रथम


बिहीबार , चैत १ २०८०
  • 648
    Shares

  • images
    images
    वार्षिकोत्सवको पूर्वसन्ध्यामा एसपिए कलेज धनगढीले गर्‍यो कवि सम्मेलन : प्रतियोगितामा वविता कार्की प्रथम

    एसपिए कलेज धनगढी कैलालीले २६ औँ वार्षिकोत्सवको अवसरमा आज कवि सम्मेलन तथा कविता प्रतियोगिता सम्पन्न गरेको छ । 
    कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट विभिन्न जिल्लाका दर्जन बढी कविहरुलाई रचना वाचनका लागि आमन्त्रण गरिएको थियो भने कलेजका विद्यार्थीहरुलाई कविता वाचन प्रतियोगितामा सहभागी गराएको थियो । प्रतियोगितामा दुई दर्जन बढी छात्राछात्राहरुले विभिन्न शीर्षकमा कविता सुनाएका थिए । प्रतियोगी कविहरुमा उदय मा.वि. बंकी छात्रा वविता कार्की प्रथम, एसपिए कलेजकी रेखा धानुक द्वितीय, आयुष्मा जोशी तृतीय र प्रियङ्का जोशीले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा निर्णायकको भूमिकामा साहित्यकार तारा पल्लवी र प्रजापति नेगी रहनुभएको थियो । विजेता कविहरुलाई कलेजका तर्फबाट प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो ।  वरिष्ट साहित्यकार मनिराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अतिथि कवि हेमन्त विवस, गणेश नेपाली, खेम बतास, कविराज भट्ट, रमेशपन्त मीतबन्धु, श्रीजन श्री, तारा पल्लवी, उसा जोशी, प्रेमप्रकास कलौनी, प्रजापति नेगी, डिल्लीराज ओझा समर्पण लगायतका कविहरुले रचना वाचन गरेका थिए ।  
    वर्तमान समयमा मानिसहरु विभिन्न कारणहरुले गर्दा सिर्जनात्मकताबाट टाढा भइरहेको तथा तितो यथार्थलाई अवगत गराउँदै विद्यालय तथा कलेजमा यस्ता कार्यक्रम गर्न सकेमा केही मात्रामा भए पनि विद्यार्थीहरुलाई साहित्यमय वातावरण मिलोस् भन्ने उद्देश्यले कलेजमा यस्तो कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका सभापती एसपिए कलेजका शिक्षक टंक गौतमले बताउनु भयो ।
    साहित्यले सभ्य समाज निर्माण गराउनुका साथै व्यक्तित्व विकासमा यसको महत्वपूर्ण भूमिका हुने भएकाले यसका लागि उपयुक्त वातावरण बनाउनु सबैको कर्तव्य हुने भएकाले । यस क्षेत्रको भाषा, कला र साहित्यको विकासका लागि कलेजको तर्फबाट हुनसक्नै जुनसुकै सहयोगका लागि पनि आफू तयार रहेको  कलेज प्रमुख योगराज गौतमले बताउनुभयो । 
    विगतका सम्झनाहरुलाई केलाउँदै वर्तमान समयमा साहित्यिक क्षेत्रमा पनि केही विकृतिहरु भित्रिन पुगेकाले कविहरुले विभिन्न गुट उपगुटहरुमा नलागेर निश्वार्थ रुपमा सिर्जनात्मकता तिर लाग्नुपर्ने र देखावटी सम्मानका पछि कविहरुले लाग्न नहुने कुरा कार्यक्रमका प्रमुख अतिथि वरिष्ट साहित्यकार मनिराज जोशीले बताउनुभयो । 
    कार्यक्रममा आयोजकका तर्फबाट अतिथि कविहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । करिब चार घण्टाजति चलेको उक्त कार्यक्रमको सुन्दर संचालन एस पि ए कलेजका नेपाली शिक्षक साहित्यकार डा. देवेन्द्र प्रसाद भट्ट दिप्तले गर्नुभएको थियो । 




    प्रतिक्रिया दिनुहोस