महेन्द्रनगर । नेपाली लेखक संघ कञ्चनपुरको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्ष सहित ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । तदर्थ समितिले बोलाएको प्रथम अधिवेशनबाट अध्यक्षमा साहित्यकार श्यामसुन्दर ढकाल चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा भानदेव बडू, सचिवमा तुलसी प्रसाद पण्डित, सहसचिवमा गणेश बुढा, कोषाध्यक्षमा भुवेश्वरी बडू, तथा सदस्यमा क्रमशः महादेव अवस्थी, सरस्वती भाट, भोजराज जोशी, प्रा.डा. मुकुन्द कलौनी, दीर्घ बहादुर चन्द र मदन विष्ट चयन भएका छन् । त्यसैगरी सल्लाहकारमा डा. टेकराज पन्त, यज्ञराज जोशी, कृष्णकान्त चटौत, कासीदत्त भट्ट शास्त्री र डा. यज्ञराज पाण्डेय चयन भएका छन् । नयाँ कमिटिले नेपाली लेखक संघको केन्द्रीय तथा प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोटको जिम्मेवारी पाएको साहित्यकार तुलसी प्रसाद पण्डितले बताए ।
.gif)