कैलाली । धनगढी स्थित एरिष्टो माध्यमिक विद्यालयले केही महिना अघि दिवङ्गत हुनुभएकी वसन्ती नेपालीको परिवारलाई रु. पाँचलाख हस्तान्तरण गरेको छ । दिवङ्गत नेपाली मृत्यू हुनुअघि त्यसै विद्यालयमा एक कर्मचारीका रुपमा काम गर्दै आउनुभएकी थिइन । विद्यालयका तर्फबाट शिक्षक तथा कर्मचारीको सुरक्षाका लागि बिमा स्वरुप पाँच लाख रुपैयाँ बराबरको रकम छुट्याएको र कुनै पनि शिक्षक कर्मचारीको विद्यालयमा काम गर्दै आइरहेको अवस्थामा मृत्यु हुन पुगे उक्त कोषबाट पाँचलाख रुपैयाँ मृतकका परिवारलाई दिने गरेको छ । सोही रकम आज मृतक वसन्ती नेपालीको परिवारलाई हस्तान्तरण गरिएको विद्यालयका प्रिन्सिपल हरि बुढाथोकीले बताउनुभयो ।
विहीबार एरिस्टोले असल अभिभावक तथा शिक्षक विद्यार्थी अभिमुखीकरणको आयोजना गरी उक्त कार्यक्रमको अवसरमा मृतकका परिवारलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो । विद्यालयकी मेनेजिङ डायरेक्टर शान्ती अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा असल अभिभावक, शिक्षक तथा विद्यार्थी कसरी बन्ने भन्ने विषयमा प्रशिक्षण कार्यक्रम राखिएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा मुख्य आकर्षकका रुपमा डा. ताराप्रसाद गिरी हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा धनगढी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खाति हुनुहुन्थ्यो । असल अभिभावक तथा शिक्षक विद्यार्थीहरुका लागि सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रममा नेपालकै प्रख्यात मोटिभेस्नल स्पिकर टेनर डा। ताराप्रसाद गिरीले अभिभावक, शिक्षक तथा विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।
विद्यार्थीहरुको पहिलो बिद्यालय घर भएकाले अभिभावकहरुले बालबालिकाप्रति गर्ने व्यवहार र जिम्मेवारीको बोध कसरी गर्ने रु भन्ने बारे डा। गिरीले प्रशिक्षण दिएका थिए । बर्षभरीमा एक दिन मात्रै पनि यस्ता उत्प्रेरणादायी कार्यक्रमले विद्यार्थीहरुको मनसाय र जीवनमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले यो प्रशिक्षण कार्यक्रम गरिएको एरिष्टो ईङ्लिस हाई स्कुलका शिक्षक तेजराज कापडीले बताए ।
विभिन्न कामको चापले गर्दा आफ्ना नानीहरुलाई कम समय दिइने भएकाले यस्तो कार्यक्रमले अभिभावकले बालबालिकाहरुलार्ई बुझ्न र जिम्मेवारीको बोध गराउन अहम् भूमिका खेल्ने भएकाले विद्यालयले यो कार्यक्रम आयोजना गरेको विद्यालयकी मेनेजिङ् डाइरेक्टर शान्ती अधिकारीले बताउनुभयो ।
.gif)