सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुनले फेरि बनायो अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड


पश्चिम प्रेस
आइतबार, भदौ ३० २०८१
  • 583
    Shares

  • images
    images
    सुनले फेरि बनायो अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड

    काठमाडौँ । सुनको मूल्यले आज फेरि अहिलेसम्मै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ।  प्रतितोला पाँचसय रुपैयाँ बढेर सुन आज प्रतितोला एक लाख ५६ हजार आठसय रुपैयाँ पुगेको  हो। सुनको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

    शुक्रबार एकैदिन तीन हजार रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ पुगेको थियो।  शुक्रबार अहिलेसम्मकै महँगो मूल्यको रेकर्ड बनाएको सुन आज थप महँगो बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    महासंघका अनुसार आज चाँदीको मूल्य एक हजार नौ सय पुगेको छ।  शुक्रबार चाँदीको मूल्य १ हजार ८ सय ६० रुपैयाँ थियो। आजा चाँदी तोलामा ४० रुपैयाँ बढेको हो। 


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस