काठमाडौँ । भारी वर्षाका कारण मुम्बइका धेरै ठाउँ डुबानमा परेको समाचार भारतीय सञ्चारमाध्यमहरुमा रहेको छ ।
भारतको आर्थिक राजधानी मुम्बर्इ र आसपासका क्षेत्रमा बुधबार भारी वर्षा भएको छ । वर्षाको कारण स्थानीय ट्रेनहरू रोकिएको थियो। मुम्बई आउने कम्तिमा १४ उडानहरू डाइभर्ट गर्नुपरेको जनाइएको छ।
भारतीय मौसम विभागले मुम्बई र यस आसपासका जिल्ला ठाणे, पालघर र रायगढमा बिहीबार बिहान ८:३० बजेसम्म रेड अलर्ट जारी गरेको छ। भारी वर्षाका कारण बृहन्मुम्बइ महानगरपालिकाले बिहीबार सबै विद्यालय र कलेजमा बिदा दिएको छ । मुम्बई प्रहरीले सहर र वरपरका क्षेत्रका मानिसहरूलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरेको छ।
मौसम विभागका अनुसार मुम्बई र आसपासका विभिन्न स्थानमा शुक्रवारसम्म भारी वर्षा जारी रहने अनुमान गरिएको छ।
पश्चिम मध्य र आसपासको उत्तरपश्चिम बंगालको खाडीमा आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटीय क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र पश्चिम–उत्तरपश्चिमतर्फ सरेको छ ।
.gif)