लेखौँला भनेर धेरै साथीहरू भन्नु हुन्छ । तर गलत क्रियाकलाप बारे कोही बोल्दैन मौन बस्छन् कथा मात्र सुन्दा झट्ट काल्पनिक लाग्न सक्छ। कथाको अगाडि सत्य अथवा तथ्य थपिदिँदा थोरै भए पनि न्याय हुन्छ कि भन्ने लागेको छ।
मेरो कर्म भूमिको नेपाली समाजमा अहिले स्वदेशको जेठ र असारको झैँ चटारो आउन लागेको छ। एक दिन रोपे पश्चात् दुई वर्षलाई ढुक्क। बाली नाली पाकी रहन्छ आफूले उचित समयमा टिपेर भण्डारण गर्न सक्नु पर्दछ। यहाँ पनि रोपाइँ हुन्छ र भन्ने प्रश्न उठ्न सक्छ , के गैर आवासीय नेपाली सङ्घको निर्वाचन रोपाइँ पर्व भन्दा कम हुन्छ र यहाँका कथित अग्रज अगुवा वा समाजसेवी भनाउँदा हरूका निम्ति?
सम्भवतः जुन र जुलाई मा हुने सङ्घको निर्वाचन पश्चात् दुई वर्ष सम्पूर्ण कार्यक्रम हरूमा यसैको प्रभुत्व रहन्छ । संस्थापकहरू यो संस्था सामाजिक विकास तथा साङ्गठनिक एकताको निम्ति खोलिएको भन्ने दाबी गर्दछन् तर समय को विकास क्रम सँगै आजको यो अवस्थामा आइपुग्दा सङ्घले कार्यसमितिमा पदासीन व्यक्तिहरूको मात्र विकास गरेको देख्न सकिन्छ । श्रमिकको हितलाई सर्वोपरि ठान्ने यो संस्थाको अध्यक्षमा प्रायस् साहू महाजन मात्र चुनिन्छन् ९केही अपवाद बाहेक०। सामाजिक एकता र भाइचारा नारामा मात्र सीमित भएको छ अझ अगाडि बढेर भन्नु पर्दा यसले समाजमा विखण्डन ल्याएको २१ (२३ को कार्यकालमा स्पष्ट देखियो।
पार्षद् सदस्य दश हजार भन्दा माथि भएको दाबी गर्ने यो संस्थामा स्वतः स्फूर्त रूपमा सदस्य भएका पार्षद्हरू एक हजार पनि पुग्न नसक्ने कुरा को दाबी गर्छन् समाजमा गनिएका एक जना पार्षद् सदस्य। बाँकी सबै साहू महाजनहरूले आफ्ना श्रमिकका दस्ताबेजहरू दुरुपयोग गरेर श्रमिकलाई थाहै नदिई बनाइएका पार्षद्हरूले भरिएको छ अहिलेको यहाँको गैर आवासीय नेपाली सङ्घ। सुन्दा झट्ट आरोप झैँ लागे पनि यो यहाँको वास्तविकता हो। जसले धेरै सदस्य बनाउँछ वा धेरै पार्षद् सदस्यता शुल्क तिर्छ उही नै अघोषित रूपमा संस्थाको अध्यक्ष हुन सक्छ। विधान मा लोकतान्त्रिक विधि पद्धति अङ्गीकार गर्ने उल्लेख गरेता पनि उक्त लेखिएको विधि र पद्धतिको चिहान माथि टेकेर २१( २३ को कार्यसमिति खडा गरिएको साक्षी हामी सामुन्ने अझै छन्। पार्षद् भेलामा बोल्दा माइक म्युट गरिदिने, बोल्नलाई पालो नदिने , दस्ताबेजहरू छलफलको निम्ति प्रस्तुत नगरी सिधै पारित भएको घोषणा गर्ने आदि धेरै विधान विपरीतका कार्यहरूका जगमा टेकेर २१(२३ को कार्यसमितिको निर्माण गरिएको थियो जसको द्वेष समाजमा अझै भेटिन्छ ।
सङ्घले गरेको गलत कर्मका बारेमा बोल्न लगभग निषेध गरिएको छ अझै। यदि बोली हाले विभिन्न तत्त्वहरू प्रयोग गर्दै डर धाक धम्की दिने तथा सामाजिक बहिस्कार गर्न अभियान चलाएको समेत देखियो भनेर नाम उल्लेखित नगर्ने सर्तमा एउटा वैचारिक संस्थाको पदाधिकारीले समेत बताउनु भयो। सङ्घको हिसाब किताबलाई लिएर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विभिन्न नकारात्मक टिका टिप्पणीहरू यही २१ ( २३ को कार्यकालमा भए जुन प्रायस् सबै अनुत्तरित बनेर रहस्यको गर्भमा थन्किए।
भर्खरै २३ ( २५ को कार्यकालको निम्ति भनेर सङ्घले विधान संशोधन समितिको निर्माण गरेको छ। नेपाली समाजमा योगदान दिएका, चाहना र आवश्यकतालाई महसुस गर्न सक्षम अगुवाहरूलाई उक्त समितिले समेट्न सकेन भनेर समाजमा प्रशस्त गुनासोहरू सुनिँदै छ। साहू महाजन तथा वैचारिक संस्थाका कार्यकर्ताहरूले भरिएको विधान संशोधन समितिले कसरी श्रमिकका मुद्धाहरूलई सम्बोधन गर्न सक्ला २४ फेब्रुअरीको दिन देखिएला किनकि सुनिएका अथवा अगाडि आएका गुनासाहरूलाई सङ्घले सम्बोधन गर्ने जमर्को समेत नगरी तेस्रो पार्षद् भेला २४ फेब्रुअरी २०२३ का दिन अल अरबी स्पोर्ट्स क्लबमा सङ्घले आयोजना गर्दै गर्दै गरेको सूचना सङ्घको वेबसाइटमा प्रेषित गरिएको छ।
सङ्घको निर्वाचन देखि सुरु भएको बेथिति सल्लाहकार समिति निर्माण गर्दा समेत देखिन्छ। सल्लाहकार समितिमा प्रायस् कोटा प्रणाली लागू हुन्छ। अघिल्लो समितिका मुख पत्र बनिएका समाजका अग्रज भनाउँदा व्यक्तिहरूकै पछिल्लो कार्यकालको सल्लाहकार समितिमा प्रभुत्व रहन्छ। समाजलाई अग्र पथमा डोर्याउन सक्ने सक्षम व्यक्तित्वहरू, श्रमिक हितको निम्ति योगदान दिने आदरणीय अग्रजहरू ।सक्षम नेपाली समाज निर्माण गर्न सक्ने क्षमता भएका बौद्धिक व्यक्तित्वहरू सल्लाहकार समितिमा अहिले सम्म अटाउन सकेका छैनन्। ज्ञान अथवा विवेक शून्य पथ प्रदर्शकले समाजको यो सामाजिक यात्रालाई कुन गन्तव्यमा पुर्याउला लगभग त्रासदीको अवस्था छ।
यसको सबै दोष सङ्घ माथि मात्र थुपार्न मिल्दैन। यहाँको नेपाली समाजमा रहेका अग्रज भनाउँदा द्वैध चरित्र धारणा गरेका व्यक्तित्वहरूको पनि यसमा उत्तिकै दोष देखिन्छ। एउटा वैद्धिक पक्षलाई सङ्घका काम कार्यवाहीमा भएका कमी कमजोरी खोज्न लगाउने अनि त्यही सङ्घलाई देखाएर सङ्घले गरेका कार्यक्रमहरूमा अतिथि बन्दै उपस्थित हुने अनि खादा र प्रमाण पत्रले आफ्नो उदाङ्गिएको नाङ्गो पन छोप्ने अग्रज भनाउँदा समूहहरूले झन् धेरै सङ्घमा बेथिति निम्त्याएको देखिन्छ। यहाँ यस्तो समेत देखियो, अघिल्लो दिन त्यही समूहको विरुद्धमा नाक बाट गिदी र छादमा बुद्धि बमन गर्ने एक जना अग्रज दाजुले भोलि पल्ट जसलाई गाली गरे उसैको कार्यक्रममा गएर अतिथिको आसन ग्रहण गर्दै उनकै प्रशंसामा आफ्ना प्रशस्त शब्द भण्डार रित्याए। आफूले पाए सबै ठिक आफू बाहेकका सबै बेठीक भन्ने हाम्रो समुदायमा भएका यस्ता दूषित सोचहरूले समाजमा झन् धेरै विखण्डन ल्याएको छ। यसले श्रमिक र साहुबिचको दूरीलाई झन् धेरै बढाएको छ। हुँदा खाने र हुने खाने बिच ठुलो पर्खाल निर्माण गरेको छ। के अब आउने २३ - २५ कार्यकालको निम्ति हाम्रो समाजले अघिल्लो कार्यसमितिले निर्माण गरेको बेथितिको, अकर्मण्यताको, दर्पको, उद्दण्डताको पर्खाल भत्काउन सक्ने, नेपाली समाजको भलाइको निम्ति सोच्ने, सोचलाई कार्यान्वयन गर्ने, श्रमिक समस्या समाधानका निम्ति लाग्न सक्ने सक्षम नेतृत्व श्रमिक वर्गबाट गैर आवासीय नेपाली सङ्घको निम्ति छनौट गर्न सक्छ रु मनन गर्न र सक्षम नेतृत्व छनौट गर्न आह्वान गरेका छन् ।