सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

दिनहुँ रेकर्ड बनाउँदै सुनको भाउ, प्रतितोला कति पुग्यो ?


पश्चिम प्रेस
शुक्रबार, असोज ११ २०८१
  • 583
    Shares

  • images
    images
    दिनहुँ रेकर्ड बनाउँदै सुनको भाउ, प्रतितोला कति पुग्यो ?

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रूपैयाँ पुगेको छ। यसअघि बिहीवार सुन प्रतितोला एक लाख ६० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।  यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला पाँच सय रूपैयाँ बढी हो।

    त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीवार प्रतितोला १९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको छ।


    प्रतिक्रिया दिनुहोस