महेन्द्रनगर । वैज्ञानिक वन व्यवस्थापन लागुभएका कञ्चनपुर–कैलालीका सामुदायीक वनको छानविन गर्न अख्तियार दुरुपयोग अनुशन्धान आयोगको कार्यालयले सुदूरपश्चिममा दुई टोली परिचालन गरेको छ । सोमबार कञ्चनपुर र कैलाली पुगेको १–१ टोलीले मंगलबार विहानै देखी स्थलगत छानविन थालेको अख्तियार दुरुपयोग अनुशन्धान आयोगको कार्यालय महेन्द्रनगरले जनाएको हो ।
वैज्ञानिक वन व्यवस्थापन लागुभएका कञ्चनपुर र कैलालीका सामुदायीक वनमा चरम आर्थिक अनियमितता भएको, आदेश विपरीत अधिक रुख कटानि भएको भन्ने आयोगको प्रधान कार्यालय टंगालमा परेको उजुरीका आधारमा अख्तियारले छानविन थालेको हो ।
गत वर्ष मात्रै वैज्ञानिक वन व्यवस्थापन लागू भएका कञ्चनपुर र कैलाली जिल्लाका सामुदायिक वनमा व्यापक आर्थिक अनियमितता भएको संघीय संसदीय उपसमितिको प्रारम्भिक अध्ययनले पनि देखाएको थियो ।
.gif)