महेन्द्रनगर । शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्द नेपाली कांग्रेस प्रवेश गरेकी छन । २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उपाध्यक्षमा विजयि चन्द कांग्रेस प्रवेश गरेकी हुन । बिहिबार कांग्रेस केन्द्रिय सह –महामन्त्री बद्री पाण्डेयले पार्टी प्रवेश गराएका हुन । पार्टी प्रवशे गर्दै चन्दले कांग्रेस लोकतान्त्रीक पार्टी भएको बताएकि छन ।
मंगलबार नेकपा एमालेले पार्टीको निर्देशन बमोजिम पदीय आचरण र भुमीका निर्वाह नगर्ने र वेवास्ता गर्दै हिड्ने गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्बाही गरेको थियो ।
.gif)