सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

६ घण्टामा, लगभग ६ अर्ब अमेरिकी डलरको नोक्सान


पश्चिम प्रेस
मंगलबार, असोज १९ २०७८
  • 905
    Shares

  • images
    images
    ६ घण्टामा, लगभग ६ अर्ब अमेरिकी डलरको नोक्सान

    एजेन्सी,न्युयोर्क           संसारभरि विभिन्न मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताले नेपाली समयअनुसार सोमबार राति फेसबुक चलाउन पाएनन् । फेसबुकसँगै सोमबार राति केहि घण्टाका लागी इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर र ओकुलसले काम गर्न छोडेका थिए । यो क्रम लगभग छ घन्टा सम्म चल्यो ।  झन्डै ६ घन्टापछि फेसबुकले प्राविधिक समस्या समाधान भएको र आफ्ना सबै सामाजिक सञ्जाल साइट÷एपले काम गर्न थालेको जनाएको छ ।
    फेसबुकसहितका साइट बन्द भएर फेरि सुरू हुँदासम्म फेसबुकका सिइओ मार्क जुकरबर्गले भने ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाएका छन् ।
    ब्लुमबर्गका अनुसार सोमबार फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ । मध्य सेप्टेम्बरयता मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओह्रालो लागेको छ ।
    सेयरको मूल्य घटेसँगै जुकरबर्गको सम्पत्ति पनि घटेको छ । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्समा उनी पाँचौं नम्बरमा झरेका छन् । यसअघि उनीभन्दा पछि रहेका बिल गेट्सले जुकरबर्गलाई पछि पारेका छन् ।  
    यसअघि अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले सेप्टेम्बर १३ मा फेसबुकको प्रणालीमा समस्या रहेको स्टोरीहरू प्रकाशित गरेको थियो ।सोमबार फेसबुकमा देखिएको समस्याका विषयले अमेरिकी सरकारी अधिकारीको ध्यान तानेको छ ।


    प्रतिक्रिया दिनुहोस