शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

निर्वाचन सामग्री खरिद प्रक्रिया अघि बढ्यो


पश्चिम प्रेस
शुक्रबार, फागुन २७ २०७८
  • 888
    Shares

  • images
    images
    निर्वाचन सामग्री खरिद प्रक्रिया अघि बढ्यो

    महेन्द्रनगर । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाएको छ । आयोगले निर्वाचनमा आवश्यक पर्ने २३ प्रकारका सामग्रीका लागि प्रक्रिया पु–याएका १० वटा सेवा प्रदायक कम्पनीको बोलपत्र स्वीकृत गरेको छ । 

    १० वटै कम्पनीसँग खरिद सम्झौता भइरहेको छ । खरिद सम्झौताका लागि बिहीबारसम्मको समयसीमा तोकेको छ । १० वटै छुट्टाछुट्टै प्याकेजमा आयोगले २७ करोड १९ लाख ५२ हजार ८०६ रुपियाँ खर्चिनेछ ।आयोगका अनुसार १० वटा प्याकेजको २३ वटा सामग्रीमध्ये सबैभन्दा बढी मतदान स्थलको गोपनीयताका लागि प्रयोग गरिनु पर्दा र छेकबारामा १२ करोड ७८ लाख ९१ हजार रुपियाँ खर्चिनेछ । आयोगले निर्वाचनमा करिब २२ हजार मतदान केन्द्र हुने अनुमान गरेको छ ।


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • प्रतिक्रिया दिनुहोस