काठमाडौं । भारतिय टेलिभिजनमा ८० औं दशकको लोकप्रिय सिरिज ‘रामायण’मा लंकाधिपति रावणको भूमिका निर्वाह गरेका लोकप्रिय कलाकार अरविन्द त्रिवेदीको हृदयघातका कारण निधन भएको छ ।
मंगलबार राती ८३ वर्षिय त्रिवेदीको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनका भतिजा कौस्तुभ त्रिवेदीले अभिनेता त्रिवेदीको मृत्युको पुष्टि गरेका हुन् ।
अभिनेता त्रिवेदीको मृत्युपछि रामायणका सहअभिनेताहरु अरुण गोविल, सुनिल लहरी, दीपिका चिखलिया र फ्यानहरुले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि त्रिवेदीको निधनमा शोक व्यक्त गरेका छन् । मोदी लेख्छन् ः हामीले अरविन्द त्रिवेदीलाई गुमाएका छौं । उनी एक असाधारण अभिनेता थिए । जनसेवाप्रति उनी समर्पित थिए । भारतको आगामी पुस्ताले पनि उनलाई सम्झनेछ । ओम शान्ति ।
रामानन्द सागर द्धारा निर्देशित रामायण सिरिज पहिलो पटक सन् १८८७ देखि १८८८ सम्म भारतीय च्यानल डिडि नेश्नलमा प्रशारण भएकोे थियो ।
.gif)