शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

भीम रावलले एमसीसीको विरोध गर्न सुहाउँदैन : प्रधानमन्त्री देउवा


पश्चिम प्रेस
सोमबार, फागुन ३० २०७८
  • 851
    Shares

  • images
    images
    भीम रावलले एमसीसीको विरोध गर्न सुहाउँदैन : प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रको हितमा भएको दोहोर्‍याएका छन्। नुवाकोटको तादी गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यो परियोजनाले नेपालको विकासमा फड्को मार्न धेरै सहयोग गर्ने विश्वास व्यक्त गरे। एमसीसी अनुदानमा आएको रकम भएको भन्दै उनले यो ऋण नभएको जिकिर गरे। उनले भने, ‘यहाँ ठूला(ठूला हल्ला मच्याइएका छन्। बाटो बनाउनको लागि पनि अमेरिकी सेना आउँछ भनिएको छ। कोदालो खन्न अमेरिकी सेना आउँछ भनिएको छ। यस्ता झूटा प्रचार गरिएको छ।’

    केपी शर्मा ओलीको सरकार हुँदा यो संसद्मा ल्याइएको प्रस्ताव भएको उनले बताए। त्यतिबेला संसद्मा ल्याउँदा एमाले नेता भीम रावलले केही पनि नबोलेको आरोप लगाउँदै उनले अहिले आएर विरोध गरेको बताए। ‘उसबेला विरोध नगर्ने अहिले पास गर्दा विरोध गर्न उहाँ जस्तो मान्छेले सुहाउने कुरा होइन। आफैँ सम्लग्न हुने आफैँ विरोध गर्ने कुरा गर्न मिल्दैन। यो राष्ट्रको हितमा छ, यसबारे देखिन्छ भोलि। जनताले हेर्नेछन् नि। यसकारण झुठा प्रचारप्रसारमा तपाईँहरु नजानुहोला,’ उनले भने।

    एमसीसीले गरिबी निवारण र विकासमा ठूलो सहयोग गर्ने उनको भनाइ थियो। अनावश्यक कुराहरुमा नबहकिन उनले सबैलाई अनुरोध समेत गरे। 


  • सम्बन्धित विषय:

  • # एमसीसी
  • प्रतिक्रिया दिनुहोस