महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले हराएका तिन मोबाइलको खोजी गरी सम्बन्धीतलाई हस्तान्त्रण गरेको छ । बिभिन्न मितीमा हराएका भनि निवेदन दिएका व्यक्तिहरुको मोबाइल फेलापारी बुधबार सम्बन्धीतलाई हस्तान्त्रण गरिएको प्रहरीले जनाएको हो ।
पुष २४ गते दोधाराचादनी नगरपालिका वडा नम्बर १० का जिनु सिंह खत्रि, माघ ९ गते भीमदत्तनगरपालिका वडा नम्बर १३ शिभनगरका अमिर तिरुवा र वडा नं. ८ तिलाचौर की विपना धामीले जिल्ला प्रहरी कार्यालयमा खोजिगरीपाउ पनि निदेवन दिएका थिए । नेपाल टेलिकम र एनसिएल सँगको सहयोगमा उक्तमोबाइल फेला पारी निजलाई हस्तान्त्रण गरीएको प्रहरीले जनाएको छ ।
.gif)