महेन्द्रनगर । भारतको उत्तराखण्ड र नेपालको सुदूरपश्चिम प्रदेश बीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धबारे अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ ।
सुदूरपश्चिम विश्वविद्यालय र भारतको कुमाउ विश्वविद्यालय लगायतका संघ संस्थाहरुको सहयोगमा शनिबारदेखी तीन दिने सम्ममेलन सुरु भएको हो । सम्मेलनमा मानसखण्डको साँस्कृतिक सम्बन्ध बारे नेपाल भारतका प्राज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन ।
नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डको मानसखण्ड क्षेत्रको ऐतिहासिक उत्पत्ती, साँस्कृतिक, नागरिकक सभ्यता सम्बन्ध विषयमा सम्मेलनमा बहस हुनेछ । सुदूरपश्चिम विश्वविद्यायका उपकुलपति प्रा.डा.अम्मराज जोशीले तीन दिनसम्म सचालन हुने सम्मेनलमा नेपाल भारतको ऐतिहासिक, धार्मिक, राजनीतिक, सीमा सहित विविध विषयमा छलफल हुने बताए ।
.gif)