महेन्द्रनगर । स्थानीयतहको निर्वाचन २०७४ मा बेलौरी नगरपालिकाको मत परिणाम रोचक रह्यो । फर्किएर हेर्दा बेलौरीमा कुन दलले कति सिट ल्याउदै नगरपालिकामा आफ्नो स्थान सुनिश्चित गरेको थियो भन्ने विषयमा हामीले बेलौरीमा राजनीतीक दलको अवस्था खोतलेका छौँ । बेलौरी नगरपालिकाको प्रमुख पद सहित चार वडामा नेकपा माओवादी केन्द्र विजयी भएको थियो ।
बेलौरी नगरपालिकाको प्रमुख पद मेयरमा ३ सय ५७ मतले अग्रता लिदै नेकपा माओवादी केन्द्रका पोतिलाल चौधरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पल्लवराज भट्टले ६ हजार ४ सय ७ मत सहित पराजय सहनु परेको थियो ।
उपप्रमुखमा भने नेकपा एमालेकी चित्र कुमारी चौधरी ६ हजार ७ सय ४८ मत सहित निर्वाचित भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी राधा देवी खरेल (कंडेल) ६ हजार १ सय २१ मत सहित पराजित भइन् ।
१० वडा रहेको बेलौरी नगरपालिकाको वडा नम्बर १, ५, ६ र १० गरी चार वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले वडा अध्यक्षमा आफ्नो स्थान सुनिश्चित गरेका थिए । त्यस्तै वडा नम्बर २, ४, ८ र ९ गरी नेकपा एमालेका उम्मेदवारले पनी चार वडामा वडा अध्यक्षमा विजयी स्थान हासिल गरेका थिए । वडा नम्बर ३ र ७ गरी दुई वडामा नेपाली कांग्रेसका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका थिए । तर २०७९ असाढ ३० गतेमा हुने आगामी निर्वाचनमा गठबन्धनका आधारमा निर्वाचन भए नेकपा एमालेले कति वडामा जित हासिल गर्ला त भन्ने वेलौरीमा चर्चा हुन थालेको छ । एमाले गठबन्धनमा नजाने हो भने चुनावी मतपरिणाम एमालेको पक्षमा नरहने समेत आंकलन गर्न थालिएको छ ।
वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका रतन बहादुर शाही ४ सय ८३ मत सहित वडा अध्यक्षमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका नम राज जोशीले ४ सय १२ पाएका थिए ।
वडा नम्बर २ मा नेकपा एमालेका कल विर चौधरी ८ सय ३५ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका डम्मर लाल चौधरी ५ सय ८१ मतमा समेटिए ।
वडा नम्बर ३ मा नेपाली कांग्रेसका नेत्रराज गिरी ८ सय २२ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका सिताराम रिजालले ७ सय ८७ मत पाएका थिए ।
वडा नम्बर ४ मा नेकपा एमालेका अर्जुन ढकाल ६ सय २ मत सहित वडा अध्यक्षमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका महादेव पाण्डे ४ सय ७६ मतमा समेटिए ।
वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रका साइतु कुमार चौधरी १ हजार ६५ भारी मत सहित वडा अध्यक्षमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका बिसराम रानाले ७ सय ४४ मत पाएका थिए ।
वडा नम्बर ६ मा पनि नेकपा माओवादी केन्द्रका राम प्रकाश वडायक ५ सय ८७ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका केशव राज कडेलले ५ सय २ मत सहित पराजित हुनुपरेको थियो ।
वडा नम्बर ७ मा नेपाली कांग्रेसका प्रकाश श्रेष्ठ ५ सय ७७ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका बजारे चौधरीले ४ सय ५० मत पाए ।
वडा नम्बर ८ मा नेकपा एमालेका नन्द कुमार राना ९ सय ५३ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका बिष राम रानाले ८ सय ३४ मत पाएका थिए ।
वडा नम्बर ९ मा पनि नेकपा एमालेका शमशेर सिंह पेला ७ सय ३ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका राम दत्त भट्ट ५ सय ७ मतमा समेटिएका थिए ।
वडा नम्बर १० मा नेकपा माओवादी केन्द्रका हरिलाल चौधरी १ हजार ३ सय ७ भारी मत सहित वडा अध्यक्षमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका रामलाल चौधरीले ९ सय ९९ मत पाएका थिए ।
.gif)