बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

धार्मिक स्थलहरुप्रति पनि विभेद किन ?


पश्चिम प्रेस
बुधबार, चैत ८ २०७९
  • 1.2K
    Shares

  • images
    images
    धार्मिक स्थलहरुप्रति पनि विभेद किन  ?

    कुनैपनि ठाउँरसमाजको स्नातन सभ्यता र संस्कृतिको अस्तित्व जोगाउने र त्यहाँको परम्परा, रितिरिवाज मूल्य मान्यता, सामाजिक एकता,साम्प्रदायिकता प्राकृतिक सम्पदा र विविधताको मौलिकता पहिचान गराउन उक्त ठाउँको भौगोलिक वनावट र त्यहाँको सम्प्रदाय सङ्गसङ्गै धार्मिकस्थलहरुको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ र त्यहाँको जनजीवनको भूत, भविष्य र वर्तमानको इतिहास समेत तिनै धार्मिकस्थलहरुसङ्ग जोडिएको हुन्छ। जस्तै यौटा शिशुलाई आप्नो परिचय दिन उसको आमाबुवाको नाम,ठेगाना,गोत्र आदित्यादि कुराहरुको आवस्यक पर्दछ भने त्यस्तै कुनै ठाउँ वा समाजको परिचय त्यहाँको भौगोलिक सीमानाले मात्र नभइ उक्त क्षेत्रभित्र रहेका प्राकृतिक तथा कृतिम सम्पदाहरु, त्यहाँको भेषभुष, चालचलम, परम्परा र धार्मिक तथा पर्यटकिय स्थलहरु समेतको पहिचानले समेत अहम् भुमिका खेल्दछ। तर हाम्रा स्थानिय गाउँ(ठाउँहरुमा राज्यको पहुँच नहुनु भनूँ, या हामी स्थानिय बासिन्दाहरुकै  कमि कमजोरिले गर्दा हामीले आप्नै गाउँ(ठाउँका स्थानिय धार्मिकस्थलहरुको पहिचान गर्न र गराउन सकेका छैनौ।

    जस्तै, बैतडी जिल्लाकै सन्दर्भमा भन्नुपर्दा पनि हामीले मेलौली भगवती निङ्गलाशैनी , त्रिपुरासुन्दरी ग्वाल्लेक केदार इश्वरीगङ्गा र जगन्नाथ मन्दिर लगायतका दुईचार ठुला तिर्थस्थलहरुको मात्रै प्रचार(प्रसार गर्नेगर्छौँ र आप्नै स्थानिय क्षेत्रमा रहेका अन्य स(साना पौराणिक मठ(मन्दिरहरुको परिचय लुकाउँछौ र राज्यको नजरमा पनि पट्टी बाँध्ने काम गर्दछौँ। हाम्रा लागी सबै स्थलहरु समान हुनुपर्ने हुन्। तर हामीले पिछिडिएको क्षेत्रलाई सधैँ पछाडि राख्दै आएका छौँ। तर तिनै सम्पदाहरुभित्र हाम्रो वास्तविक परिचय लुकिरहेको हुन्छ।

    भौतिक संरचनाको आधारमा कुनै धार्मिक स्थलहरु सानाठुला होलान तर आस्थाको दृष्टिकोणले हेर्दा सबै स्थलहरु समान हुन्छन्। सबैको अस्तित्व र महत्व उत्तिकै रहेको हुन्छ। स्थानिय सरकारदेखि केन्द्रको नजरमा समेत धार्मिक स्थलहरु प्रति भेदभाव गरेको पाइन्छ। कतिपय ठाउँमा त विकाशका पुर्वाधारहरुको पहुँच भएको क्षेत्रका स्थलहरुको मात्र प्रचार हुने गर्दछ भने राज्यको दृष्टिकोणबाट पिछिडिएका  क्षेत्रका अन्य तिर्थस्थलहरु सधैँ गुपचुपनै रहन्छन्।
    बैतडी जिल्लाको तल्लो स्वराड क्षेत्रको सबैभन्दा ठुलो तिर्थ पञ्चमहाभूत र पाँच नदीको संगम स्थल तिर्थराज पञ्चेश्वर धाम जस्को वर्णन स्कन्दपुराणको मानसखण्ड संहितामा समेत रहेको छ तर राज्य र पर्यटनको नजरमा सधैँ लुकेर रहेको छ।
    त्यस्तै साक्षात सोमनाथ ज्योतिर्लिङ्ग रहेको शिवनाथ मन्दिर, शिवनाथ धामको उत्पतिकाल देखिनै शिवनाथ मन्दिरकै काखमा रहेको भानामती तिर्थ, उदयदेव मन्दिर ९कफाडी कोट० गड्वालिङ्गरगणमेश्वर, द्यौगड्यारद्यौताल, महाकाली नदिमा बिचमा रहेको लिस्या ढुङो ९महाकाली नदी जति बढेपनि कहिल्यै नडुब्ने भगवतीको चिनो० आमचौरा स्थित कैलपाल धुरा ,धाम्कुडीको चतुर्वाहू मन्दिर, कनल्या केदार,सलेना दुत्या,तिताबै फागु, भट्टाडको गौरामेला, त्रिपुरा सुन्दरीको मूल स्थान रोडी भगवती,बास्कु सनकोट दुत्या,खलिगाडको धुनीमेला असिमी केदार धाम,नगार्चनरनङथरा , तिताबै(जेबलकट्टेको सिमानामा रहेको गाडदेउ धाम लगायतका दुई दर्जन भन्दा थुप्रै स्थानिय तिर्थहरु ९कयौँ नाम छुटेहोलान्० हुँदाहुँदै पनि  तल्लिस्वराडको ग्वाल्लेक केदार र मेलौली भगवतीमा मात्र राज्यको दृष्ट रहेको हुँदा कहिलेकाँही हाम्रा स्थानिय धार्मिक स्थलहरुप्रति पनि भेदभाव गरेको जस्तो महसुस हुन्छ। 
    जिल्ला सदरमुकाम र सडक तथा बजारको छेउछाउमा रहेका तिर्थस्थलहरु मात्रै राज्यको नजरमा पर्ने गर्छन र भौगोलिक विकटताले पछाडिएका स्थलहरुप्रति कुनैपनि निकायको चासो नै रहदैँन।
    जसरी यो देशमा मान्छेहरु राजनीतिक पहुँच र पैँसा पावर विना माथी उठ्न सक्दैन त्यसरी हाम्रा तिर्थस्थलहरुपनि सामाजिक एकरुपता र आस्थाको दृष्टिकोणले नहेर्दासम्म आप्नो स्नातन परिचय दिनसकिरहेका छैनन्। यसमा राज्यको मात्र नभइ उक्त क्षेत्रभित्र रहेका हामीहरुको प्रथम दोष छ। हामीले हाम्रै स्नातन पहिचान लुकाउन खोजिरहेका छौ फलस्वरुप आजका युवा पुस्ता र बदलिदो समाजमा हाम्रा स्थानिय धार्मिक स्थलहरु प्रति चिन्ता र चासो घट्दैगएको छर्लङ्ग देखिन्छ।


    प्रतिक्रिया दिनुहोस