बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

झूर प्रश्न............?              


शनिबार, पुस २३ २०७९
  • 1.0K
    Shares

  • images
    images
    झूर प्रश्न............?              

    कहिलेकाही जवाफ दिन सोच्नु पर्ने झूर प्रश्न आइदिन्छन् । व्यक्तिका समस्या आफ्नो ठाउँमा होलान् व्यक्तिगत समस्या त व्यक्तिले सक्ने जति सामना गर्ला तर तिनै कुरा आम भै दिँदा  , सामुदायिक र समाजका भैदिदा वा व्यक्तिको काबु बाहिरको समस्या सिर्जना हुँदा कहाँ भन्ने, कसले जिम्मेवारी लिने? कहाँ कुरा उठाउने ?
     यस्तो अवस्थाबाट जोगिन कहाँ गुहार्ने ? यो अवस्थामा निश्चय नै राज्यले संरक्षक,अभिभावक वा सुरक्षाकर्ताको रूपमा जिम्मेवारी लिनु पर्ने हुन्छ। हाम्रो जस्तो कमजोर  सरकारी भूमिकामा पहुँच सीमित बर्गको रहँदा कमजोर समुदाय राज्यबाट प्राप्त गर्ने लाभबाट बिमुख रहनु पर्ने स्थिति बिद्यमान छ। आइ पर्ने संकट÷ विपद वा समस्या टार्ने सावधानीको अपर्याप्तता एकातिर छ अर्को तिर आइपरे पछि के गर्ने भन्ने तयारी छैन्। भयेका संरचनाहरू जरजर छन र पारिदैछन् । दिगो र दूरदर्शी सोच तथा योजना भन्दा पनि तदर्थवादी रूपमा देश चलाइदै छ। जनतामाथी आइपर्ने चाहे व्यक्तिगत होउन वा सामुदायिक समस्या र संकटहरू प्रति जनप्रतिनिधिहरु ले सोच्ने र जिम्मेवारीबोध गर्नु पर्ने हो तर त्यहाँ प्रसस्त प्रश्नचिन्ह खडा हुन्छन्। 
         साथै बिकट अवस्थामा आम सर्वसाधारणको भूमिका पनि रहनु पर्दछ । समस्या र संकटको बेलामा सक्षम नागरिकले गर्न सक्ने सहयोग दिनु धर्म पनि हो ।भूमिका निर्वाहका बिकल्प अनेक हुन सक्दछन् ।  तर स्वार्थी , व्यक्तिवादी  र लापरवाह प्रवृति बढ्दै गएको अवस्थामा सबैबाट सहयोगको अपेक्षा गर्न सकिदैन ।  
          अहिले देखिएका थुप्रै घटना÷ दुर्घटना ÷समस्या तिनको प्रकृति, कारक अनि समाधानको अबस्थाबारे अध्ययन गर्ने नमूनाका रूपमा केही अध्ययन गर्न सकिने उदाहरणका रूपमा लिन सकिने  जस्तै–सडक दुर्घटनामा, छाडा गाईगोरू ,दुर्व्यसनी घटना , हत्या, बलात्कार  चोरी, डकैति, भ्रष्टाचार प्राकृतिक आपदा , स्वास्थ्यका समस्या, सुकम्वासी समस्या,  अतिक्रमण, राजनैतिक समस्या, सास्कृतिक बिचलन, सुरक्षाका चुनौती विविध सेवासुविधा प्रबाहका कमजोरी बिपन्नता र आर्थिक प्रगतिका समस्या यी यस्ता समस्याहरूको समाधानमा चित्त बुझाउन सक्ने नतिजा नहुँदा राज्य ब्यबस्था प्रतिको बितृष्णा बढनु स्वभाविक हो। अहम् मुद्दाहरूमा राजनैतिक संयन्त्रको असफलता प्रष्ट देखिएको छ  । निरन्तरको राजनैतिक कचिङ्गलबाट समाधान दिन नसकिएकै हो । यथास्थितिभन्दा माथि उठने बित्तिकै थुप्रै आशा पलाउन सक्थे तर मति र प्रवृति नफेरिएका नेतृत्वबाट आम जनतामा पलाएका महत्वाकांक्षा र तुलनात्मक रुपमा देखिने आकांक्षा मौलिक स्रोत साधन र प्रविधिबाट पुरा गर्न सक्ने विद्वत् र विज्ञ क्षमतामाथि पनि टिप्पणी उठछन् नै त्यो भन्दा पनि प्रशासनतन्त्र झन प्रश्नै प्रश्नले घेरिएको छ । नियत ठिक भयेपछि नीति ठिक हुन्छ, हरेक ठाउँमा नियतमाथि दाग जमे पछिको कार्यनीति यस्तो भै सक्यो कि जहाँ विश्वासको संकट छ ।




    प्रतिक्रिया दिनुहोस