महेन्द्रनगर । कञ्चनपुरमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । भीमदत्त नगरपालिका–१० तिल्केनीका मोहन धामीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो ।
धामीले सामान्य विवादका क्रममा सोही ठाउँका रतन खड्काको टाउँकोमा खुकुरी प्रहार गरेको प्रारम्भीक जानकारी आएको प्रहरी निरीक्षक लाल बहादुर बमले जानकारी दिए । खड्काको महाकाली प्रादेशीक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागी धनगढी लगिएको जनाइएको छ ।
उनको टाउँकोको सल्यक्रिया गरिने प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक बमका अनुसार मापसे सेवन गरेका उनिहरुबिच होली खेल्ने क्रममा विवाद भएको थियो । सोही क्रममा धामीले खड्का माथी उल्टो खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गर्ने धामीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।
.gif)