सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

डडेल्धुरामा हजार बढी कृषकहरु मिलेर भटमास उद्योग संचालनमा ल्याउँदै


पश्चिम प्रेस
आइतबार, चैत ६ २०७८
  • 759
    Shares

  • images
    images
    डडेल्धुरामा हजार बढी कृषकहरु मिलेर भटमास उद्योग संचालनमा ल्याउँदै

    महेन्द्रनगर । डडेल्धुरामा सात सय ७७ सेयर सदस्य र एकहजार बढी भटमास उत्पादक कृषकहरु मिलेर ५० करोडको लागतमा भटमास उद्योग सञ्चालनमा ल्याउने भएका छन् । फार वेस्टर्न एग्रो ज्वाइन्ट लिमिटेडका रूपमा तीन वर्षको तयारीपछि भटमास प्रशोधन गरेर तेल उत्पादन र साबुन उत्पादन गर्ने उद्योग सञ्चालन सुरु हुन थालेको लिमिटेडका अध्यक्ष तारा जोशीले बताए ।

    ‘सुरुमा भटमास उत्पादन हुने जिल्लाहरू छनोट गरेका थियौ, सम्भाव्यता अध्ययन गरेका छौँ, अध्यक्ष जोशीले भने,–‘तीन वर्षमा कृषकहरूसँग समन्वय, बजारको अध्ययन, चुनौतीहरूको पहिचान, क्षमता आकलन र सँगसँगै भौतिक पूर्वाधार निर्माणका काम भएको छ ।’ कम्पनीको भवन, गोदाम र कार्यशालालगायत भौतिक पूर्वाधार निर्माण भइसकेको उनले बताए । उनले भने, ‘सुरुमा दुई करोड ५० लाख मूल्य बराबरको मसिन खरिद भएको छ, उत्पादन क्षमतासँगै अन्य उपकरण पनि थप्दै जाने योजना छ ।’

    पहिलो चरणमा १० करोड बराबर लगानीको उत्पादन गर्ने गरी काम अगाडि बढेको उनले जानकारी दिए । 
    ‘नेपालमा बर्सेनि २० देखि २२ अर्बको पशु आहार र कुखुराको दाना आयात हुने गरेको छ’, वरिष्ठ कृषि प्राविधिक टेकबहादुर बिष्टले भने, ‘कच्चा तेल पनि झन्डै ७ अर्बको हाराहारीमा आयात हुन्छ, यो उद्योगले केही मात्रामा भए पनि आयात घटाउन सक्यो भने त्यो ठूलो उपलब्धि हुनेछ ।’ ग्रामीण कृषकहरूलाइ प्रोत्साहित गरी उद्योगमा संलग्न गराउने र आफ्नै कच्चापदार्थबाट तेल, पशु आहार र साबुन जस्ता अति आवश्यक उत्पादन सुरु हुनु हाम्रा लागि उत्साहजनक भएको बिष्टले बताए ।


    प्रतिक्रिया दिनुहोस