बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

हाम्रै संस्कृति र परम्परा ठिक थियो


मंगलबार, चैत ८ २०७८
  • 826
    Shares

  • images
    images
    हाम्रै संस्कृति र परम्परा ठिक थियो

    हाम्रा केही परम्परागत व्यवहार, विचार र मान्यतालाई पछिल्लो समयमा कथित् आधुनिकता र पश्चिमी संस्कृतिको अन्धानुकरणले लत्याउने, रुढिवादी ठान्ने तथा हेय दृष्टिले हेर्ने प्रवृत्ति  बढ्दै गएकोमा बिस्तारै पुनः त्यही अपनाउनु पर्ने ठाउँमा पुगिन्छ जस्तो छ । नमस्कारको महत्वलाई कोरोना भाइरस संक्रमणको वर्तमान त्रासदीले सिद्ध गरिदिएको छ भने रुघाखोकीको उपचारमा हाम्रो परम्परागत उपचार विधि नै कोरोना संक्रमणका लागि लाभदायी हुने देखिन्छ । 


    दैनिक व्यवहारमा चोखो वस्त्रलगाइ शुद्ध चुलोमा एकले अर्कालाई नछोइ खाने , हातगोडा धुने ,५/७ पटक कुल्ला गर्ने , सौच गरेपछि निवृत्त हुन खरानीले हात धुने, आँगनमा तुलसी रोप्ने , धर्मार्थ वरपिपल लगाउने, धर्मशाला बनाउने, शंखनाद गर्ने , लगायतका थुप्रै व्यवहारहरू पुनर्जागरणको आवश्यकता  छ । स्वास्थ्य र वातावरणीय दृष्टिले उपयुक्त  परम्परागत ज्ञानको उपयोगबाट एकातिर पहिचान र साँस्कृतिक एवम् हाम्रो बौद्धिक सम्पदा संरक्षण भइ परनिर्भरता घटने देखिन्छ ।


    हग, हैण्डसेक सूक्ष्म जीवाणु संक्रमणको माध्यम रहेछ बल्ल संसारले बुझेको छ । रुढिवादी र अन्धविश्वासको आरोप सबै व्यवहारलाई लगाएर कथित वैज्ञानिकताका नाउमा ठिक र बेठिक नछुट्याई परम्परा नकार्नु मानव जीवनका लागि सुखद हुन सक्दैन । अन्धानुकरणको सट्टामा आफैभित्र आवश्यकता पुर्तीको विकल्प खोजिए मात्रै सभ्यतामा परिष्कार आउँछ । हरेक व्यवहारलाई उत्कृष्ट बनाउन त्यसमा भएका कमजोरी  (गलत असर) र साइड इफेक्ट कम गरिनु पर्दछ । हामी सबैले  सकारात्मक सोचका साथ अघि बढ्न सक्नुपर्छ ।  विवाहमा संस्कार पुरा नभए सम्म परस्पर सम्मञ्जनको कुरा आउँछ त्यसपछि मात्रै  हृदयालम्भन (गलामिल्नु होइन) हुने गर्दछ ।  अहिले धेरैले अरूको सिको गरी हात मिलाउने गला मिल्ने उच्च संस्कार ठान्दछन ।


     हाम्रो संस्कार र प्रचलनले त बच्चालाई ६ महिनामा मात्रै अनाज चखाउने भनेको छ, ६ महिना आमाको दुधमात्रै पिलाउनु पर्छ भन्ने कुरा आफैमा नपत्याउँदो भयो डाक्टरले भनि दिनु पर्ने रहेछ ; त्यही पनि आधुनिक भनाउँदा त बच्चा भन्दा आफ्नै सुन्दरता बिग्रने भनेर स्तनपान नगराउने सम्म पुगेका छन् ।  भोलिका दिन दचभबकत अबलअभच तिनलाई नभएर कसलाई हुने ? जन्मोत्सवका दीप प्रज्वलनका साथ चीरायुको कामना गर्ने दिनमा बत्ति निभाउँदै तामसी केक (मिष्ठान्न होइन) काट्ने र कार्वनडाईअक्साइड वेलुन फोड्नु राम्रो मान्दै छौँ ।


    शंख र दमाहाको खष्दचबतष्यल, तुलसीको सुगन्ध, पिपलको हावा, कुर्जो (तितेपाती) को धुप  वातावरणीय स्वास्थ्यका दृष्टिले कति महत्वपूर्ण छन् भन्ने कुरै नबुझि हामी कता भागिरहेछौँ ? सुत्केरी हुँदा र महिनावारी हुँदा इम्युनिटि कमजोर हुने र आइसोलेसनमा बस्दा अरूबाट हुने संक्रमणबाट बच्न सकिने तर्क भुलेर अर्कै अर्थ लगायौ र गलत परम्परा बसाल्यो । कालो भनेर त्यागिएको कोदो सुगरले थला पर्दाको आहार बनाउछाँै ।स्वधर्म त्यागेर होलिवाइन सल्के पनि प्रेसर घटाउन रुद्राक्ष खोज्दै हिड्छौँ । आधा जिन्दगी भ्रष्टाचार हिंसा र धर्म विरुद्ध विष उकेल्दै बिते पनि संकटमा पतञ्जली र शान्ति कुञ्ज चहार्दै हिडछन् ।




    प्रतिक्रिया दिनुहोस