महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पासपोर्ट बनाउन गएका एक युवक पक्राउ परेका छन् । जिल्लाको बेदकोट नगरपालिका –१० बस्ने विनोद सार्कीलाई सोमबार प्रहरीले प्रशासन कार्यालयबाट नियन्त्रणमा लिएको हो ।
सोमबार दिउँसो ई–पासपोर्ट बनाउन प्रशासनमा करिब १ घण्टा पर्खाइ गरेका युवकले कर्मचारी कार्यालयमा नआएपछि आवेकमा उत्रिएको प्रशासनले जनाएको छ । उनले फेसबुक लाइभ मार्फत प्रशासनको खबरदारी गर्न खोजेको युवकका परिवारले बताएका छन् । उनले फेसबुकमा बिहान ११ बजेदेखि नै कार्यालयमा कर्मचारी नभएको भिडियो लाइभ देखाएका छन् । जसमा राहदानी फाँटमा कर्मचारीका कुर्सी खालि भएको, प्रमुख प्रशासकीय अधिकृत पनि कार्यालयमा नभएको भिडियो सार्वजनिक गरेका छन् ।
भिडियोमा सेवाग्राहीले करिब ५–६ घण्टा देखी कुरेर बस्नुपरेको गुनासो गरेका छन् । प्रशासनमा कर्मचारी नै अनुपस्थित हुनथालेपछि सेवा ग्राही मारमा पर्न थालेका हुन् । तर जिल्ला प्रशासन कार्यालयले भने राहदानी फाँटमा दुई जना कर्मचारी रहेकोमा एक जना काम विशेषले बाहिर गएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी (सिडीयो) रामप्रसाद पाण्डेले अर्का कर्मचारी आधा घण्टाका लागी बाहिर जाँदा सेवाग्राही आवेकमा उत्रिएको बुझ्नमा आएको बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लाल बहादुर बमले सोधपुछका लागी युवकलाई नियन्त्रणमा लिएको बताएका छन् ।
सच्याईको । पासपोर्ट बनाउन पुगेका युवक पक्राउ परेका हुनुपर्नेमा अन्यथा हुनगएकोमा सच्याइएको छ ।
.gif)