मंगलबार, कात्तिक २५ गते २०८३ || Nov 10, 2026
  • यो साता चर्चामा :

धनगढी विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाइन्छ : मन्त्री आले


पश्चिम प्रेस
शनिबार, चैत २६ २०७८
  • 667
    Shares

  • images
    images
    धनगढी विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाइन्छ : मन्त्री आले

    महेन्द्रनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थलका रुपमा विकास गरिने बताएका छन्। कैलालीको धनगढीमा शुक्रबार धनगढी उपमहानगरपालिका र नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाटा० सुदूरपश्चिम प्रदेशको आयोजनामा आयोजित ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले सुदूरपश्चिममा पर्यटक भित्र्याउन र यहाँको पर्यटन क्षेत्रको विकास गर्न भए पनि यो विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थलका रुपमा विकास गर्नुपर्ने बताए। 

    उनले भने, “धनगढी विमानस्थल क्षेत्रीयस्तरको विमानस्थल बनाउछौँ भनेर थुप्रै मन्त्री नेता आए तर कसैले पनि बनाएन, अब मैले बनाएरै देखाउछु।” मन्त्री आलेले धनगढी विमानस्थलको स्तरोन्नतीसहित क्षेत्रीय स्तरको विमानस्थल बनाए यहाँबाट पोखरा, विराटनगर, भैरहवा, वीरगञ्जलगायतका ठूला सहरमा जहाज सञ्चालन गरिने र सुदूरपश्चिम क्षेत्रको विकासमा थप टेवा पुग्ने धारणा राखे। उनले भने, “पोखरा पर्यटकको राजधानी हो, त्यो राजधानीसँग धनगढी जोडिएको छ, मैले पोखरा र धनगढीलाई जतिसक्दो चाँडै जोड्ने काम गरेर देखाउछु।”

    मन्त्री आलेले धनगढी विमानस्थलको जमिन अधिग्रहणका लागि आफू मन्त्री भएपछि आफ्नै पहलमा एक अर्ब विनियोजन गरेको र आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा पनि १० अर्ब बजेट सिलिङमा राखेर जग्गा अधिग्रहण गरी क्षेत्रीय विमानस्थल निर्माणका लागि काम सुरु गर्ने गरी काम भइरहेको जानकारी दिए। यसैगरी मन्त्री आलेले नेपाल, भारत र चीन जोड्नका लागि आफुले खुटिया, बिपीनगर, दिपायल, बझाङ उरैहुँदै चीनको ताक्लाकोटसम्म जोड्न फाष्ट ट्रयाक निर्माणको पहल थालेको पनि जानकारी दिए।


    प्रतिक्रिया दिनुहोस