महेन्द्रनगर । सोमबार विहान कैलालीमा श्रीमानको काटेको टाउँको बोकेर ३८ वर्षीय महिला इलाका प्रहरी कार्यालय पन्नुनमा पुगीन् । बोरामा काटिएको टाउँको र काट्न प्रयोग भएको हसिया राखेर ३–४ घण्टाको पैदल यात्रा गर्दे मोहन्याल गाउँपालिका–१ की चुमा कुमारी थापा बुढामगर सोमबार (आज) विहानै ५ बजे इप्रकामा पुगेकी प्रहरी बताउँछ ।
प्रहरीका अनुसार मापसे सेवन गरेका ४३ वर्षीया नारायण बुढा मगर गय राती घरको माथिल्लोतलाको छतमा सुत्न गए । दिनमा पनी आफु सँग झगडा भएको हत्यागरेर इप्रका पुगेकी बुढामगरले बताएको प्रहरीले जनाएको छ ।
श्रीमान दैनिक मापसेसेवन गरेर आउने र गय राती झोकमा टाउँको काट्ने मनसाय बनाएको बताएको जिल्लाप्रहरी कार्यालयका डिएसपी वेदप्रकाश जोशीले बताए ।
उनका अनुसार श्रीमानको काटेको टाउँको बोरामा हालेर उनि आज विहान प्रहरीकहाँ पुगेकी हुन् । हत्यागरिएका बुढामगरेको टाउँको, हतियार र हत्या कबुल गर्ने महिला भने प्रहरी हिसासतमा छिन् ।
तर घटना स्थलमा भने प्रहरी अझै पुग्न सकेको छैन् । लम्कीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटना स्थल तर्फ गएपनी अझै पुग्न नसकेको प्रहरीले जनाएको छ । डिएसपी जोशीले घटनाको पुर्ण जाँच गर्न बाँकी रहेको बताए ।
.gif)