महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले आगामी बजेटमा प्रदेश सरकारले युवा स्वरोजगार तथा कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनुभएको छ । आइतबार बिहान कञ्चनपुरको महेन्द्रनगरमा जिल्ला व्याडमिन्टन संघले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री रावलले आगामी २०८९÷०८० को बजेटमा उद्योग, कृषि लगायतका क्षेत्रको विकास एवं विस्तार गर्ने योजनासहित बजेट बिनियोजन गरिने बताउनुभयो । “ अहिले पनि हामी बजेट लगायत सुदूरपश्चिमको विकास बारे अर्थविज्ञहरुसित छलफल अघि बढाएका छौं ।” उहाँले भन्नुभयो–“ यहाँको साधनस्रोतको उपयोग गरि अगाढी बढ्ने छौं ।” त्यसैगरी उहाँले कञ्चनपुरको महेन्द्रनगरमा बहुउद्देश्यीय कवर्डहल निर्माणको काम अघि बढेको जानकारी दिनुभयो । “ सुदूरपश्चिमको खेलकुदको विकासका लागि सरकार अहिले पनि विभिन्न योजनाका साथ अघि बढेको छ ।” उहाँले भन्नुभयो–“ सबै क्षेत्र, तह, वर्गलाई समेट्ने गरी बजेट ल्याउने विश्वास दिलाउन चाहान्छु ।” बहुउद्देश्यीय कवर्डहलको डिपीआर निर्माण भइरहेको मन्त्री रावलको भनाई थियो ।
.gif)