आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

भारतीयको बजार ब्रह्मदेव


मंगलबार, वैशाख ६ २०७९
  • 1.2K
    Shares

  • images
    images
    भारतीयको बजार ब्रह्मदेव


    महेन्द्रनगर । कञ्चनपुरको भिमदत्तनगरपालीका ९ स्थित ब्रह्मदेव बजारमा किनमेल गर्ने अधिकांश भारतीय नागरिकहरु हुन्छन् । नेपालकोे सीमासँगै जोडिएको भारतको उत्तराखण्डस्थित पूर्णगिरीमा मेला सुरु भएसँगै ब्रह्मदेव बजारमा भारतीय नागरिकहरुको चहलपहल छ । फागुनको पूर्णीमा देखि सुरु हुने मेला करिब ३ महिना चल्छ । 
     मेला सुरु भएसँगै जिल्लाको सदरमुकाम महेन्द्रनगर लगायत ब्रह्मदेब बजारमा कारोबार बढेको छ । मेला अवधिमा ब्रह्मदेव र भीमदत्तनगरपालिका स्थित  सिद्धनाथ मन्दिरमा दैनिक २० हजार भन्दा बढी भारतीय दर्शनार्थीहरु आउने गरेका छन् । भारतको उत्तराखण्ड स्थित पूर्णागिरी दर्शन गरेपछि कञ्चनपुरमा रहेको सिद्धनाथ मन्दिरको दर्शन अवश्य गनुपर्ने धार्मिक परम्परा अनुसार पूर्णागीरी दर्शन गर्ने भक्तजनहरु यहाँ आउने गरेका छन् । धार्मिक आस्थाका हिसाबले पूर्णगिरीको दशर्न गरेपछि कञ्चनपुरको सिद्धनाथ मन्दिर दर्शन गरे मनोकांक्षा पुरा हुने विश्वास रही आएको छ ।
     भारतको उत्तराखण्डमा पर्ने पुर्णागिरीमाताको दर्शन         गरेपछि मात्रै नेपाल स्थित सिद्धबाबाको दर्शन गरे यात्रा सफल हुने किवंदन्ती रहीआएको छ । जसकारण भारतबाट हजारौँको संख्यामा भक्तजन नेपाल आउने    गरेका हुन् । जसले नेपाल भारत बिचको  सम्बन्ध पनि प्रगाढ बनाएको उद्योगवाणिज्य संघ कञ्चनपुरका अध्यक्ष जंग मल्लले बताए । 
     विगत दुई वर्ष कोरोनाले थला परेका व्यापारीहरु पुर्णागिरी मन्दिरमा लागेको मेलाले उत्साहित छन् । दुई वर्ष मेला नै नलाग्दा अब झत्तजनहरु नआउने हुन की भन्ने चिन्ता रहे पनि मौलिक र धार्मिक अस्तित्व भने नघटेको उद्योगवाणिज्य संघका अध्यक्ष मल्लको भनाई छ । ब्रमदेवमा अहिले कारोबार सन्तोषजनक रहेको उनको भनाई छ । व्यवसायीहरुले दैनिक लाखौँको कारोबार गरिरहेका छन । व्यापारीहरुले भगवानका मुर्ती, शंखघण्ट, भगवानलाई चढाइने फूलमाला लगायतका वस्तुहरु पसलमा राखेका छन् । 


    भेटीबाटै शिक्षकलाईमासिक तलब
    ब्रह्मदेव स्थित सिद्धनाथ मंदिर संरक्षण समितीले सिद्धनाथ माध्यामिक विद्यालयका विज्ञान विषयका शिक्षकलाई मासिक तलब दिने गरेको छ । समितिको कोषबाट एकजना शिक्षकलाई मासिक तलब र राहतका शिक्षकहरुलाई अपुग रकम मन्दिर व्यवस्थापन संरक्षण समितिले उपलब्ध गराउदै आएको अध्यक्ष नारायण सिंह महतले बताए । 


    तिन महिनामा ६० लाखको कारोबार 
    पूर्णागिरीमाताको दर्शन गरेपछि सिद्धबाबाको दर्शन गरे यात्रा सफल हुने विश्वासका साथ भारतबाट दैनिक   हजारौ भक्तजनहरु नेपाल आउने     गरेका छन् । बह्मदेव स्थित सिद्धनाथ मन्दिरका पुजारी महेन्द्र उप्रेतीले वि.सं. १६६५ देखि भक्तजनहरु नाउ चढेर नेपाल आउने गरेका थिए । जसले बह्मदेव र महेन्द्रनगर स्थित सिद्धनाथ मन्दिरमा तिन महिनाको अवधिमा ६० लाख बढी भेटी प्रसादीबाट रकम उठेको जनाइएको छ । 
     महेन्द्रनगर स्थित सिद्धनाथ मन्दिर समितिका सचिव पुस्कर उप्रेतीले फागुन देखि वैसाख सम्म चल्ने मेलाबाट १७÷१८ लाख रकम कोषमा जम्मा हुने गरेको बताए । उक्त रकमबाट मन्दिरको रंगरोगन, मन्दिर निर्माण र सरसफाईमा खर्च गरिने गरेको बताए । मेलाबाट व्यापारीहरुले पनि मनग्य आम्दानी गर्ने गरेका उनी बताउँछन् । 
     उता बह्मदेव स्थित सिद्धनाथ मन्दिरले पनि तिन महिनाको अवधिमा ४० लाखको कारोबार हुने गरेको जनाएको छ । ंमन्दिर संरक्षण समितिका अध्यक्ष महतले भक्तजनहरुले घुँइचो रहेको बताए । भेटी प्रसादीबाट ४०(४२ लाख उठ्ने गरेको बताए । जसबाट विद्यालय देखि मन्दिर व्यवस्थापन र सामाजिक कार्यमा रकम खर्च गर्ने गरेका उनले बताए । 




    प्रतिक्रिया दिनुहोस