सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

निर्मला काण्ड ‘ब्रेक थ्रु’ गर्न नसकेकोमा दुःखी छु–आईजीपी क्षेत्री


पश्चिम प्रेस
बुधबार, वैशाख १४ २०७९
  • 1.3K
    Shares

  • images
    images
    निर्मला काण्ड ‘ब्रेक थ्रु’ गर्न नसकेकोमा दुःखी छु–आईजीपी क्षेत्री

    महेन्द्रनगर । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले निर्मला पन्त बलात्कार हत्या प्रकरण ब्रेक थ्रु गर्न नसकेकोमा दुःखी रहेको बताएका छन्। वैशाख १८ गते अनिवार्य अवकाशमा जान लागेका आईजीपी क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा बुधबार सुरक्षासम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारसँगको अन्तरक्रियामा उक्त कुरा बताएका हुन् ।

    क्षेत्रीले भने, ‘निर्मला काण्ड मेरै कार्यकालमा ब्रेक थ्रु भएको भए म अझै खुशी हुन्थेँ। ब्रेक थ्रु गर्न हामी निरन्तर लागिरह्यौं। तर पनि अहिलेसम्म सुल्झन सकेन । म पछि प्रहरी नेतृत्वमा आउनेहरुबाट सुल्झिएला भन्ने अपेक्षा गरेको छु।’

    विसं २०७५ साउन १० गते साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी कञ्चनपुपुरकी १३ वर्षीया निर्मला पन्त भोलिपल्ट उखुबारीमा मृत अवस्थामा फेला परेकी  थिइन् ।

    अनुसन्धानको क्रममा उनको बलात्कार पछि हत्या गरेको खुलेपनि हत्यारा भने पत्ता लाग्न सकेको छैन् ।


    प्रतिक्रिया दिनुहोस