महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढी र पहिरोबाट दुःखद घटना भएको बताउँदै सरकारले त्यसको सम्बोधन गर्ने बताएका छन । बिहिबार बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा कञ्चनपुरको दोधारा चादनी पुगेर क्षति र पीडितहरुलाई सम्बोधन हुने गरी गुरु योजना बनाएर अघि बढ्ने बताए ।
“बाढी र पहिरोले सुदूरपश्चिममा पीडादायी घटना भएको मैले निरीक्षणका क्रममा पाए ।” देउवाले भने–“ भोली नै काठमाण्डौं फर्किएर गुरुयोजना बनाएर सम्बोधन गरिनेछ तपाईहरु ढुक्क हुनुस ।” उनले सुदूरपश्चिम बाढी र पहिरोबाट नराम्ररी प्रभावित भएको बताउँदै बाढी र पहिरोले पु¥याएको क्षति देखेर दुखित भएको बताए ।
प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जर्नाजन शर्मा, पर्यटन मन्त्री प्रेम आले, पुर्वमन्त्रीहरु रमेश लेखक, एनपी साउँद र बीरबहादुर बलायर समेत सहभागी थिए ।
प्रधानमन्त्री देउवाले डोटी, बझाङ्ग, बैतडी, डडेल्धुरा हुदै बाढीको क्षति र अवस्थाबारे बिहीबार साझँ कञ्चनपुर पुगेर स्थलगन जानकारी लिएका हुन । कञ्चनपुरमा ब्रह्मदेव र महाकाली तटीय क्षेत्रमा हवाई निरीक्षण समेत गरेको छ । सुदूरपश्चिममा बाढी र पहिरोका कारण ३१ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता र १७ जना घाइते भएका छन् ।
प्हिरोले सकडमा क्षति पुगेपछि पहाडी जिल्लाको यातायात सेवा अझै निर्वाद सुचारु नुहुन सकेको छैन् ।
कञ्चनपुरमा महाकाली नदीमा आएको बाढीले भीमदत्तनगरपालिका–९, ११, १२ र १३ नं. वडा र दोधारा चादँनीमा क्षति पु¥याएको थियो । त्यसैगरी बाढीले महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलसंगै बनिरहेको ६ लेनको पहुँच मार्गको केही भाग कटान गरेको छ ।
बाढीबाट विस्थापितहरु अझै घर फर्किसकेका छैनन । पीडितहरु विद्यालय, सार्वजनिक स्थान र आफन्तहरुकोमा आश्रय लिइरहेका छन् ।
.gif)