मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

आगामी तीन दिनको मौसम


पश्चिम प्रेस
मंगलबार, कात्तिक ९ २०७८
  • 709
    Shares

  • images
    images
    आगामी तीन दिनको मौसम

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा  रहेको छ ।
    मंगलबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली  र तराईका भू–भागमा सामान्यतया सफा देखि आंशिक बदली  रहने छ । भने  देशका थोरै स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । 
    बुधबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली  र तराईका भू–भागमा सामान्यतया सफा देखि आंशिक बदली  रहने छ । देशका थोरै स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका  थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी बिहीबार देशभर आंशिक बदली देखि सामान्यतया सफा  रहने छ। पहाडी भू–भागका एक वा दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका  एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।


    प्रतिक्रिया दिनुहोस