मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

एमाले पार्टी कार्यालय सुरक्षा घेरामा


पश्चिम प्रेस
बुधबार, कात्तिक १० २०७८
  • 1.1K
    Shares

  • images
    images
    एमाले पार्टी कार्यालय सुरक्षा घेरामा

    नेकपा एमाले पार्टी कार्यालय सुरक्षा घेरमा राखिएको छ । कैलाली क्षेत्र न ४ गौरीगंगा नगरपालिकाको चौमाला बजारमा रहेको पार्टी कार्यालय एमाले र नेकपा एकीकृत समाजवादीबीच विवाद बढेपछि पार्टी कार्यालय सुरक्षा घेरामा राखिएको हो । पार्टी कार्यालयलाई नेकपा एमाले पार्टी र नेकपा एकीकृतसामाजवादीले पार्टीले आ आफ्नो भन्दै दाबी गरेपछिविवाद सृजना भएको हो ।‘दुबै पार्टी बिचमा आफ्नो भन्दै दाबीमा बिवाद भएपछि सहमति नभए सम्म प्रशासनले नियन्त्रणमालिएको हो’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने–‘ दुवै पक्षको सहमती नभएसम्म वा उपयुक्त व्यवस्था नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ अनुसार हाल उक्त भवनमा दुवै पक्षलाई प्रयोग गर्न नदिन सुरक्षा व्यवस्था मिलाइएको छ ।’नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीबिच भवन प्रयोग गर्ने विषयमा भएको विवादको सम्वन्धमा शान्ति सुरक्षामा प्रतिकुल अवस्था श्रृजना भएकोले धनजनको क्षति हुन नदिन प्रहरीले कार्यालय सुरक्षाको घेरामा राखेको जिल्ला प्रशासन कार्यालय
    कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।


    प्रतिक्रिया दिनुहोस