बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

महेन्द्रनगर नाकाबाट हवाई प्रवेश बिन्दु खुलाइदिन मोदीलाई देउवाको आग्रह


पश्चिम प्रेस
बुधबार, कात्तिक १७ २०७८
  • 1.5K
    Shares

  • images
    images
    महेन्द्रनगर नाकाबाट हवाई प्रवेश बिन्दु खुलाइदिन मोदीलाई देउवाको आग्रह
    images
    images
    images
    images

    महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई महेन्द्रनगर नाकाबाट हवाई प्रवेश बिन्दु खुलाई दिन आग्रह गरेका छन । कोप–२६ सम्मेलनस्थल बेलायतको ग्लास्गोमा भएको साइड लाइन वार्ताका क्रममा देउवाले दुई नाकाबाट हवाई प्रवेश बिन्दु खुलाउन, रासायनिक मल आपूर्तिलाई नियमित गराउन र कोभिड नियन्त्रणका लागि भइरहेको सहयोगलाई निरन्तरा दिन मोदीसँग आग्रह गरेका हुन ।
    परराष्ट्र मन्त्रालयका अनुसार देउवाले मोदीसँग नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट हवाई प्रवेश बिन्दु खुलाइदिन आग्रह गरेका छन । नेपालले यसअघि पनि यी दुई नाकाबाट हवाई प्रवेश विन्दु खुलाइदिन भारतसँग पटक पटक आग्रह गरिसकेको छ । 
    देउवाले उठाएका सबै विषयमा आफू सकारात्मक रहेको जवाफ मोदीले दिएका छन ।


    प्रतिक्रिया दिनुहोस